तिलाठीमा गाउँपालिका, स्वास्थ्यचौकीसहित ३ सय घर डुवानमा, प्रहरी नै विस्थापित

तिलाठीमा गाउँपालिका, स्वास्थ्यचौकीसहित ३ सय घर डुवानमा, प्रहरी नै विस्थापित

राजविराज : तीन दिनदेखि लगातार परेको वर्षापछि खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बाँध भत्काउँदा तिलाठी गाउँ डुवानमा परेको छ ।

बिहीबारदेखि नै कटान सुरु भएको बाँध शुक्रबार राति थप कटान भइ खाँडो खोलाको बाढी तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी र बेल्ही बस्तीमा पसेर पूरै गाउँ जलमग्न भएको हो ।

वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रका अनुसार खाँडो खोलाको बाढीले पुरानो बाँध भत्काइ बाढी पस्दा दक्षिण तिरका लगभग पूरै बस्ती डुवानमा परेका छन् । यस क्षेत्रका कम्तिमा तीन सय घर डुवानमा परेको गाउँपालिकाले जनाएको छ । पानीको बहाव निरन्तर बढ्दै गएपछि बस्तीमा पसेको पानीले डुवानमा परेका पाँचवटा घर भत्किएको विपद् जोखिम न्युनिकरण अधिकृत राजेश झाले जानकारी दिए ।

कटान भएको बाँध मर्मत सम्भारका लागि गाउँपालिकाले बोरा र जाली उपलब्ध गराए पनि निरन्तरको वर्षा र पानीको तिव्र भेलले बाँध मर्मत सम्भार हुन सकेको छैन । दशगजामा निर्माणाधिन पुलको तीन फिट माथिबाट पानी बग्न थालेपछि पुलको दुबै तिर डोरी बाँधेर डोरीको सहारामा स्थानीयबासीलाई आवतजावत गराइरहेको सशस्त्र प्रहरी बलका एसपी खेम थापाले जनाए । उद्धारका लागि वडा नम्बर ४ र ५ मा दुई वटा रबरबोट तयारी अवस्थामा राखेको बताइएको छ ।

प्रहरी पनि विस्थापित
वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरी समेत विस्थापित भएका छन् । विस्थापित प्रहरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी, भन्सार कार्यालय, स्वास्थ्य केन्द्र, गाउँपालिका र वडा नम्बर १ को कार्यालय समेत डुवानमा परेको छ । खाँडो खोलाको बाढीले तिलाठीस्थित राजबिराज–कुनौली सडक खण्डमा सवारी साधन ठप्प भएको छ । बाढी बढेपछि गाउँपालिकाले वडा नम्बर ४ का महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राजेन्द्र देवकी मावि कोइलाडी स्कुलमा र वडा नम्बर ५ को. बर्साइनका महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च बाँधमा सार्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

अध्यक्ष सिंहले पानीजन्य प्रकोप फैलिन नदिन आइतबारदेखि स्वास्थ्य संयोजकको टोली परिचालित गर्ने जनाएका छन् । विपद् व्यवस्थापनको पूर्व तयारीका लागि लाइफ ज्याकेट, रेस्क्यु डोरी, डुङ्गा तयारी अवस्थामा राखिएको विपद जोखिम न्युनिकरण अधिकृत झाले बताए । झाका अनुसार पीडामा छटपटिएकी एक गर्भवती महिलालाई तिलाठीबाट र लडेर घाइते भएका लौनियाका एक ज्येष्ठ नागरिकलाई लोखरमबाट उद्धार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.