कमलाको बाढीले गर्भवतीको बिजोग (फोटोसहित)

कमलाको बाढीले गर्भवतीको बिजोग (फोटोसहित)

सिरहा : कर्जन्हा नगरपालिका ३ सुन्दरपुर टोलकी २३ वर्षीया मन्जु सदाय ६ महिने गर्भवती छिन्।उनको घर कमला नदीको बाढी डुबाएपछि उनको बिजोग भएको छ। अघिल्लो दिनसम्म थोरै पानी हुँदा उनी घरमै बसेका थिइन्। तर, शनिबार आएको ठूलो बाढीले उनको घर पुरै डुबाएको छ।अहिले उनी सडक छेउमा प्लाष्टिकको त्रिपाल बाँसको पाटामा झुन्डाएर बस्न बाध्य भएकी छिन्। 

प्लाष्टिक त्रिपालमा उनको जिउँ ढाक्न पनि समस्या छ।पानीसँगै हावा बहदा चारैतिरबाट पानी छिर्ने गरेको छ। त्यहीभित्र  केही खानेकुरा र परिवारका अन्य सदस्य बसेका छन्। गाईवस्तु पनि राखेका छन्। अचानक बाढी आएकाले घरमा भएको अन्न जोगाउन नसक्दा उनलाई खानेकुराको पनि समस्या छ। 

उनकोजस्तै सुन्दरपुरका ४०÷५० घरपरिवार कमला नदीको बाढीले डुबानमा परेका छन्। उनीहरु पूर्व-पश्चिम लोकमार्गको छेउमा त्रिपाल टाँगेर दिनरात बिताउने गरेका छन्। गाउँमा बाढी आएपछि स्थानीय जनप्रतिनिधिसँग सहयोग माग्दा पनि नपाएको स्थानीयले गुनासो सुनाए।

यो टोलसँगै सिरहामा कमला नदीको बाढीले सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकालगायत स्थानमा १८३४ घर घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। त्यसैगरी, लहान नगरपालिका वडा नम्बर १ र २, औरही गाउँपालिका वडा नम्बर १ र ४, सुखिपुर नगरपालिकामा पनि केही घरहरु बाढीबाट प्रभावित भएको छ। गागन र मैनाबति खोलाको बाढीले गाउँहरु डुबानमा परेको छ। डुबान भएको क्षेत्रका सडक सञ्जाल भत्किएर आवत जावतमा कठिनाई भइरहेको छ।   

डुबानमा परेको क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली व्यापक रुपमा परिचालन सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी गराए। उनका अनुसार बाढीबाट प्रभावित ठाउँहरुबाट २१९२ जनालाई सुरक्षित एरियामा उद्धार गरी ल्याइएको छ। उद्धार गरिएकोलाई विद्यालय, अग्लो घरमा राखिएको उनले बताए। उनीहरुलाई विपद् व्यवस्थापन समितिबाट राहत स्वरुप खाद्यन्न सामग्री उपलब्ध गराइएको छ। 

कसरी कमलाको बाढी गाउँ पस्यो ?

कमला नदीको पूर्वी बाँधमा सिँचाईका लागि तीन ठाउँमा 'एन्टी फल्ड स्वीलिस' निर्माण गरिएको थियो। स्वीलिसमा फाटक लगाएको थिएन। नदीमा बाढीको बहाव बढेसँगै त्यही स्वीलिसबाट पानी गाउँमा पसेको हो। स्वीलिस अधुरो छाड्दा बाढीले गाउँ डुबानमा परेका छन्। 

स्थानीय र प्रशासनको टोलीले शुक्रबार नै जसोतसो सिरहा नगरपालिका ६ बसपिटास्थित स्वीलिसबाट आउने पानी प्लाष्टिक बोरामा माटो र तारजालीमा ढुंगा हालेर रोके। त्यतिबेला बाढीले बढी क्षति पुर्‍याएको थिएन। 

'सुरुमा एक ठाउँबाट पानी आइरहेको भेटिएको थियो,' प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, 'साँझसम्ममा बाढी बढ्दै गएपछि तीन ठाउँमा त्यस्तो अधुरो स्वीलिस भेटिएको थियो।' सिरहा नगरपालिका ६ बसपिटा र १२ सारश्वर, कल्याणपुर ६ र १२ बेल्हाबाट कमलाको बाढी गाउँ पसेको हो।

कमला नदीको बाढीले डुबानमा परेको सुन्दरपुर टोल।


  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.