‘हातमा रुमाल’मा आकाश र सृष्टिको अभिनय (भिडियो)
काठमाडौं : नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काले अभिनय गरेको ‘हातमा रुमाल’ गीत सार्वजनिक भएको छ। ब्ल्याक, राम कहानीलगायत चलचित्रमा अभिनय गरेका नायक आकाश पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन्।
उनलाई म्युजिक भिडियो अभिनयमा सृष्टिले साथ दिएकी छन्। विशाल गौतमले रचना गरेको गीतमा स्वर र संगीत स्वयम् गौतमकै रहेको छ।
नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ। भिडियो छायांकन उत्सव दाहालले गरेका हुन्। भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन्।