बाढीले भारतको असममा पनि ७ को मृत्यु

बाढीले भारतको असममा पनि ७ को मृत्यु

नयाँदिल्‍ली : भारतका असम, बिहार, हिमाचल, उत्तर प्रदेश, महाराष्‍ट्र समेत कैयौं राज्यमा भीषण बाढी आएको छ। असम र बिहारमा अधिकांश भाग जलमग्न भएका छन्।

असमको आधाभन्दा बढी भूभागमा ब्रह्मपुत्र र उसका सहायक नदी गाउँबस्तीमा पसेका छन्। यहाँ ७ जनाको मृत्यु भएको छ भने सयौं व्यक्ति हराएका छन्। बाढीका कारण ४ लाख २३ हजार व्यक्ति घर छोडेर सुरक्षित स्थलतर्फ लागेका छन्। असमको लुमडिङ–बदरपुर पर्वतीय खण्डमा रेल सेवा बन्द भएको छ।

बिहारमा पनि अत्यधिक वर्षाका कारण जनजीवन त्रस्त छ। नेपाल र विहारको उत्तरी भागमा लगातार भएको वर्षाले शिवहर, सीतामढी, पूर्वी चम्पारण, मधुबनी, अररिया र किशनगञ्ज जिल्ला पूरै डुबानमा परेका छन्। बाढीले रेलसेवा बन्द भएको छ भने कोशीमा पानीको स्तर बढ्दै गएको छ। पूर्णिया, दरभंगा, वैशाली र मुजफ्फरपुरमा पनि विभिन्न नदी गाउँमा पसेका छन्। भारतीय मौसम विभागले थप वर्षा हुने जानकारी दिएको छ। उत्तर प्रदेशका कैयौं जिल्ला बाढीले जलाम्मे भएका छन्। अयोध्या जिल्लामा सरयू नदीको जलस्तर निकै उच्च पुगेको छ। 

स्थानीय बासिन्दा सुरक्षित स्थलतर्फ लागेका छन्। बहराइच जिल्ला पूरै प्रभावित भएको छ। यहाँका २४ गाउँ पानीले घेरिएका छन्। बाराबंकी क्षेत्रमा घाघरा नदीले खतराको स्तर पार गरेको छ। श्रावस्तीमा राप्ती नदीले पनि खतराको स्तर पार गरेको छ। हिमाचल प्रदेशमा आइतवार एउटा ढाबा भत्किँदा थुप्रै व्यक्ति पुरिएको अनुमान छ। २४ जनाको उद्धार गरिएको छ भने २ को मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.