विश्वकप क्रिकेट : चम्किएका स्टार्क र शर्मा

विश्वकप क्रिकेट : चम्किएका स्टार्क र शर्मा

स्टार्कको २७ विकेट

साविक विजेता अस्ट्रेलिया यस पटक विश्वकपको सेमिफाइनलमै पराजित भयो। अस्ट्रेलियालाई आयोजक इङ्ल्यान्डले आठ विकेटले पराजित गर्यो। तर, अस्ट्रेलियाका मिचेल स्टार्क विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने। उनले प्रतियोगिता अवधिभर कुल २७ विकेट लिए। उनले लिग चरणका नौ खेलमा २६ विकेट लिएका थिए।

स्टार्कले न्युजिल्यान्ड र वेस्टइन्डिजसँगको खेलमा पाँच/पाँच विकेट लिएका थिए। उनले इङ्ल्यान्ड र श्रीलंकासँगको खेलमा चार/चार, विकेट हात पारे। यसैगरी दक्षिण अफ्रिका, बंगलादेश र पाकिस्तानबिरुद्धको खेलमा दुई/दुई तथा अफगानिस्तान र भारतसँगको खेलमा एक /एक विकेट लिएका थिए।

२९ वर्षीय तिब्रगतिका बायाँहाते बलर स्टार्कले इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलमा पन एक विकेट हात पारेका थिए। लिग चरणका अधिकांश खेलमा अस्ट्रेलियाको जितमा स्टार्कको बलिङ निर्णाय कबनेको थियो। स्टार्कले अस्ट्रेलियाका लागि खेलेको ८५ एकदिवसीय खेलमा एक सय ७२ विकेट लिएका छन्। एकदिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २८ रन खर्चिएर ६ विकेट हो।

शर्माको ६४८ रन

विश्वकप क्रिकेटको १२औं संस्करणमा भारतीय टोली सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन। भारतीय टोली सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले पराजित भएको थियो। तर, भारतका रोहित शर्मा भने यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको रुपमा दरिन पुगे। उनले प्रतियोगितामा कुल ६ सय ४८ रन बनाएका थिए।

लिग चरणको खेलमा ६ सय ४७ रन बनाएका शर्मा सेमिफाइनल खेलमा भने एक रनमै पेभेलियन फर्किएका थिए। ३२ वर्षीय ओपनर ब्याट्सम्यान शर्माले प्रतियोगितामा ८१.०० को औसतले रन बनाए। उनले पाँच शतक र एक अर्धशतक प्रहार गरे। उनी एउटै विश्वकपमा पाँच शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

शर्माले दक्षिण अफ्रिकाविरुद्ध अविजित एक सय २२, पाकिस्तानविरुद्ध एक सय ४०, इङ्ल्यान्डविरुद्ध एक सय दुई रन, बंगलादेशविरुद्ध एक सय चार र श्रीलंकाविरुद्ध एक सय तीन रन बनाएका थिए। यसैगरी उनले अस्ट्रेलियाविरुद्धको खेलमा पनि ५७ रन बनाएका थिए। शर्माले एकदिवसीय क्रिकेटमा भारतका लागि दुई सय नौ पाली खेल्दै २७ शतक र ४२ अर्धशतकको मद्दतले कुल आठ हजार ६ सय ५८ रन बनाएका छन्।

मिचेल स्टार्क: २७ विकेट

न्युजिल्यान्डविरुद्ध विकेट

वेस्ट इन्डिजविरुद्धविकेट

रोहित शर्मा: ६४८ रन

शतक:

अर्धशतक:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.