जंगली निउरो खाँदा छाेराछाेरीकाे मृत्यु, आमा गम्भीर

जंगली निउरो खाँदा छाेराछाेरीकाे मृत्यु, आमा गम्भीर

अछाम : रामारोशन गाउँपालिकामा जंगली निउराे खाँदा दाजुबहिनीकाे मृत्यु भएको छ। वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए। शाहीका अनुसार मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

मृतककी ३१ वर्षीया आमा नरपता बोहराका अनुसार शुक्रबार बिहान निउरो खाएपछि बान्ता हुने लगाएतकाे समस्या देखिएकाे थियो। अहिले आमाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.