एनआरएनए नाइजेरियाको अध्यक्षमा थापा
लेगोस : गैरआवासिय नेपाली संघ नाइजेरियामा रोशन थापाको नेतृत्वमा नयाँ कार्य समितिको गठन भएको छ। लेगोसमा सोमबार सम्पन्न सातौं वार्षिक साधारण सभाले सन् २०१९-२०२१ का लागि थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा वीरेन्द्र गुप्ता, उर्मिला रोक, सुशील गिरी, महासचिवमा अभिषेक मान सिंह, सचिवमा रोहित भाङ्गर, सोमेश अर्याल, कोषाध्यक्षमा रमेश गुप्ता, सहकोषाध्यक्षमा सागर उप्रेती निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, बिस्नु गिरी र लक्ष्मी गुरुङ, महिला संयोजकमा सावित्री गुप्ता र युवा संयोजकमा फिरोज आलम निर्वाचित भएका छन्।
त्यस्तै आइसीसी सदस्यमा विश्वास पौडेल, सल्लाहकारमा हिक्मत थापा, चिरञ्जीवी रोका, बिदुर घिमिरे, संजय थापा र शंकर बर्मा चयन भएका छन्। साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सांस्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ।
सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तराष्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन् २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा स्थापित भएको बताए।