गरिबका पोल्टामा बाढी

गरिबका पोल्टामा बाढी

सिरहा : ‘बाढीले घर बगायो, खाने बस्ने अवस्था रहेन। अब कहाँ जानु ? के गर्नु’ यसरी बाढीले दिएको पीडा सुनाउँछन् लहान नगरपालिका–२० का रामस्वरूप राम। उनी तीन दिनदेखि घरपरिवारका सदस्यसहित लहान–१ का आधारभूत विद्यालयमा बसिरहेका छन्। उनले भने, ‘गरिबको पोल्टामा बाढी ’ भएपछि जस्तापाताले छाएको घर पनि अविरल वर्षाले बगायो।’

एकछिनमै बाढीले घर बगाएपछि जिउमा लगाएको कपडाबाहेक केही बचाउन नसकेको गंगिया सदायले सुनाइन्। उनी पनि जलेश्वर सदायसँगै त्यही विद्यालयमा आश्रय लिएर बसेकी छन्। यी दुई परिवारजस्तै यस विद्यालयमा ५० घरपरिवारका ३ सयभन्दा बढीले आश्रय लिएका छन्। सुरक्षाकर्मीको टोलीले उनीहरूलाई उद्धार गरी त्यहाँ राखेका छन्।

उनीहरू लहान नगरपालिका १, २, २० र २१ का हुन्। केहीको घर डुबानमा परेको छ भने केही घर पानीले भत्काइदिएको छ। भबरा नहरमा आएको पानीले उनीहरूको घर डुबान भएको हो। उनीहरूले राहतस्वरूप विभिन्न संघसंस्थाबाट पाएको चामल, दाल एकै ठाउँमा पकाएर खाने गर्छन्।

राहत सामग्री एकै ठाउँमा पकाएर खाँदै बाढीपीडित।

विद्यालयकै कक्षाकोठामा सुत्ने गर्छन्। ‘छोराछोरी कोही घरमा छैनन्, कसरी घर ठड्याउने ? ’ गंगियाले भनिन्। बाढीले गरिबलाई झन् बिजोग बनाएको उनले सुनाइन्।

अभावको जीवनमा बाढीले पीडा थपेको रासलाल सदायले सुनाए। ‘घरमा भएको खाद्यान्न, कपडा केही बाहिर ल्याउन सकिनँ,’ उनले भने, ‘विद्यालयमा आएदेखि घर फर्केर जान सकेको छैन।’ विद्यालयमा बसेका मध्ये सुत्केरी, गर्भवती र बालबालिकालाई बढी समस्या भइरहेको छ। ‘धनीलाई आफन्त र साथीभाइले सहयोग गर्छन्, गरिबलाई कोही छैन,’ गर्भु सदायले भने, ‘आफ्नो त आफन्त नै गरिब छन्। सरकारको सहयोग आस मात्रै छ।’ बाढीको असरले गाउँघरमा गएर ज्यालामा काम पाउन पनि मुस्किल भएको उनले बताए।

यहाँ मात्र होइन, सखुवानन्काकटी गाउँपालिकाको मिर्जापुर गाउँमा एक सय २५ घर मुसहर बस्ती पानीले बेहाल भएको गाउँपालिका अध्यक्ष केदार यादवले बताए। ‘फुस र माटोका घर बाढीले भत्काइदिएको छ। बस्ने अवस्था नै छैन्,’ उनले भने, ‘केहीलाई सुरक्षित स्थानमा सारिएको छ। तत्कालका लागि खानेकुरा पुर्‍याइएको छ।’

यसैगरी, कमला नदीको बाढीले कल्याणपुर नगरपालिका ३, ४, ६ र १२ सिरहा नगरपालिकाको १२, ६, ४, ३ र कर्जन्हा नगरपालिकाको बढी बस्ती डुबानमा परेको छ। औरही गाउँपालिका–३, ४ र ५ मा गांगन नदीको बाढीले बस्ती प्रभावित भएको छ।

बाढीले प्रभावित क्षेत्रबाट १ हजार १ सय ३४ जनालाई उद्धार गरी विभिन्न विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार जलमग्न भएको स्थानमा जिल्ला विपद् व्यवस्थापन समिति र नगरपालिकाले उपलब्ध गराएको राहत सामग्री डुंगामा राखेर पीडितका लागि पु¥याउने कार्य भइरहेको छ।

प्रहरीका अनुसार बाढीले स्थानीय तहको २६ वटा वडाको २ हजार ५ सय ३४ घर डुबानमा पर्दा ५ हजार २ सय ३२ जना प्रभावित भएका छन्। एक हजार ११ घरमा पूर्ण रूपमा क्षति पुगेको छ। पुरानो फुस र माटोको घरमा बढी क्षति पुगेको डीएसपी बोहराले बताए। गरिब, विपन्न बस्तीका बासिन्दालाई बिजोग भएको प्रहरी कार्यालयले जनाएको छ। कमला नदीको बाढीमा कल्याणपुर नगरपालिका–४ का ५५ वर्षीय कामेश्वर यादव शुक्रबार बेपता भएका थिए। उनी अझै फेला परेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.