हिजबुल्लाहका नेताको चेतावनी : इजरायललाई आक्रमण गर्न इरान सक्षम छ
लेबनन : हिबुल्लाहका नेताले अमेरिकाले यदी युद्ध छेड्यो भने इरानले इजरायललाई आक्रमण गर्नसक्ने भन्दै चेतावनी दिएका छन् ।
सायद हसन नसरल्लाहले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा शुक्रबार यस्तो चेतावनी दिएका हुन् । केही सातादेखि अमेरिका र इरानबीच तनाब बढिरहँदा हिजबुल्लाह नेताले यस्तो चेतावनी दिएका हुन् ।
‘यो युद्धले इजरायललाई नष्ट पार्छ भन्ने कुरा यदी अमेरिकाले बुझ्छ भने उसले पुनर्विचार गर्ने छ,’ नसरल्लाहले भने । उनले इरानमाथि अमेरिकी युद्ध रोक्ने आफूहरुको साझा दायित्व भएको पनि प्रतिक्रिया दिएका छन् ।
अमेरिका र इरानबीच युद्ध भएमा इजराय तटस्थ बस्न नमिल्ने पनि हिजबुल्लाह नेता नसरल्लाहले बताएका थिए । अमेरिकामा भने इरानमाथि आक्रमण गर्ने डोनाल्ड ट्रम्पको नीतिप्रति संसदमै आलोचना भएको छ ।