सुदूरपश्चिम प्रदेशले किन्यो एक बर्षमा २९ करोडका गाडी

सुदूरपश्चिम प्रदेशले किन्यो एक बर्षमा २९ करोडका गाडी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक बर्षमा २९ करोड बढीका गाडीहरु खरिद गरेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौंका गाडी खरिद गरेका हो। 

आर्थिक बर्ष २०७५/०७६ मा ३० वटा लक्जरीयस गाडी ४८ वटा मोटरसाईकल, १६ वटा ऐम्वुलेनस खरिद गरेको हो। जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडी सहित ८ वटा पुरानै गाडी छन्। मुख्यमन्त्री भट्टले १ करोड बढी पर्ने टोयाटा कम्पनीको फरचुनर मोडेलको गाडी चढ्दै आएका छन्। यद्यपी मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाईकल र २ वटा गाडी खरिद गरेको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५ करोड ३१ लाख ४१ हजारमा ११ वटा गाडी खरिद गरेको छ। मन्त्री र सचिवको प्रयोगको लागि निशान कम्पनीको एसयूभी हार्ड टप, एसयूभी २ सय, महेन्द्र कम्पनीको स्कारपीयो, टाटा कम्पनीको स्ट्रोम मोडलका गाडी कुनै मन्त्रालयले खरिद गरिसकेका मन्त्रालयका सूचना अधिकारी लक्ष्मी पोखरलले बताए। 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यस बर्ष २ करोड ६१ लाख ५३ हजारमा नयाँ गाडीे खरिद गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै ७० लाखमा एसयूभी २ सय मोडेलको गाडी खरिद गरेको छ भने थप १ वटा गाडी खरिदको लागि टेण्डर आह्वान गरेको छ।

मन्त्रालयसँग ३ वटा पूरानै गाडी चालू अवस्थामा छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि २ वटा गाडी हुँदाहुँदै ठूलो रकम खर्च गर्दै ३ वटा नयाँ गाडीको खरिद प्रक्रिया अगाडि बढाएको छ। जसको मुल्य २ करोड ९ लाख रुपैयाँ रहेको छ। प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २ वटा नयाँ गाडी खरिद गरिसकेको छ।

मन्त्रालयका सूचना अधिकारी विश्वेसर खनालले मन्त्रालयसँग ३ वटा पुरानै चारपांग्रे गाडी र ४ वटा मोटरसाइकल रहेपनि थप नयाँ ८ वटा मोटरसाइकल खरिदको लागि प्रक्रिया थालेको बताए। सामाजिक विकास मन्त्रालयसँग ४ वटा चारपांग्रे र १८ वटा मोटरसाइकल पुराना हुदाँ हुदै मन्त्रालयले १५ वटा मोटरसाईकल, १६ वटा एम्वुलेसन र २ वटा चारपांग्रेमा ७ करोड ७२ लाख ८४

हजार रुपैया खर्च गरेको छ। प्रदेश सरकारका मन्त्रालय मात्रै होइनन मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, संसद सचिवालयको कार्यालय समेत नयाँ गाडी खरिद प्रक्रियामा निकै अगाडि देखिएका छन्। मुख्य न्यायधिवक्ताको कार्यालयले पुसमा नै २ वटा निशान कम्पनीका गाडी र २ वटा मोटरसाइकल खरिद गरेको थियो। २ वटा गाडी खरिदमा मात्रै कार्यालयले १ करोड १४ लाख ८४ हजार खर्च गरेको छ।

प्रदेश प्रमुखको कार्यालयले चालू आर्थिक वर्षमै ५७ लाख पर्ने हुुन्डाईको क्रेता गाडी खरिद गरेको छ। कार्यालयसँग ३ वटा चारपांग्रे, २ वटा मोटरसाइकल र एउटा स्कूटी पुरानै रहेका छन्। प्रदेशसभा सचिवालयले चालू आर्थिक वर्षमा १० वटा नयाँ गाडी खरिद गरिसकेको छ। ६ करोड २७ लाख ९० हजा रुपैया खर्च गरेर गाडी खरिद गरेको प्रदेशसभा सचिवालयलका निमित्त कार्यालय प्रमुख छवि पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.