इन्डो प्यासिफिक क्षेत्रका युवा काठमाडौंमा : नमूना राष्ट्रसंघीय सम्मेलन सुरु

इन्डो प्यासिफिक क्षेत्रका युवा काठमाडौंमा : नमूना राष्ट्रसंघीय सम्मेलन सुरु

काठमाडौं : इन्डो प्यासिफिक क्षेत्रका २० मुलुक सहभागी एभरेस्ट अन्तर्राष्ट्रिय नमूना राष्ट्रसंघीय सम्मेलन काठमाडौंमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने सम्मेलनमा २० मुलुकका २०० प्रतिनिधि सहभागी छन्।

सम्मेलनका सहभागीहरूले सुलभ तथा सुपथ मूल्यका खाद्यान्नका लागि पूर्वाधार निर्माणदेखि साइबर सुरक्षा तथा तथ्यांक संरक्षण संयन्त्र विकाससम्मका विषयवस्तुमा छलफल गर्ने बताइएको छ।

सोमबार राजधानीको इम्पेरियल क्राउन प्लाजामा अमेरिकी राजदूत र्‍यान्डी बेरी, राष्ट्रसंघीय आवासीय संयोजक भ्यालरी जुलिएन्ड र परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले इन्डो प्यासिफिक क्षेत्रका युवाहरूको सम्मेलन संयुक्त रूपमा उदघाटन गरेका हुन्।

अमेरिकी दूतावासले अनुदानग्राही ‘युथ थिङ्कर्स सोसाइटी’ सँगको साझेदारीमा गरेको सम्मेलनमा युवाहरूको वृत्ति विकासमा जोड दिइने छ।

अमेरिकी राजदूत बेरीले अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने जिम्मेवारी प्रत्येक राष्ट्रको हुने भन्दै विश्वमा देखिएको साइबर र तथ्यांक सुरक्षामा सहकार्य अपरिहार्य रहेको बताए। ‘अन्तर्राष्ट्रिय मापदण्ड सबै देशको मर्यादित हुने र दबाबबाट मुक्त हुने सार्वभौम रोजाइलाई सम्मान गर्नु पर्दछ भन्ने कुरामा अमेरिका विश्वास गर्छ’, बेरीले भने, ‘एसियामा यही विचार हो जसले इन्डो–प्यासिफिक क्षेत्रभर नै अमेरिकाको दृष्टिकोणलाई परिभाषित गर्दछ।’

राजदूत बेरीले सहभागीहरूलाई सम्मेलनमा सिकेका सिप तथा ज्ञानलाई आफ्नो भावी अध्ययन तथा वृत्तिविकासमा सदुपयोग गर्न प्रोत्साहित गरे।

राष्ट्रसंघीय आवासीय संयोजक जुलिएन्डले नमूना राष्ट्रसंघीय अभ्यास युवाका लागि दिगो विकास लक्ष्य प्राप्ति र जलवायु परिवर्तनविरुद्ध सं‌घर्ष जस्ता स्थानीय तथा विश्‍वव्यापी मुद्दाहरूको सम्बोधनमा संलग्न हुने उत्तम अवसर भएको बताइन। युवासँग परिवर्तन सिर्जना गर्नसक्ने शक्ति भएको बताउँदै यसतर्फ केन्द्रित रहन सुझाव दिइन्।

साताभर विद्यार्थीहरूले राष्ट्रसंघीय सुरक्षा परिषद्, युएन वुमेन, संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्, विश्‍व खाद्य कार्यक्रम तथा अन्तराष्ट्रिय मुद्रा कोषका समिति अधिवेशनहरूको अभ्यास गर्नेछन्।

प्रतिनिधिहरूले राष्ट्रसंघीय विज्ञ वक्ता तथा वृत्तिविकास प्यानल छलफलमा भाग लिनेछन्। साथै, सबै प्रतिनिधिहरूको विविध सांस्कृतिक पृष्ठभूमिलाई समेटेर तयार पारिएको सञ्‍जाल निर्माण कार्यक्रममा समेत उनीहरू सरिक हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.