भारतले अपराधबारे विदेशमा पनि छानबिन गर्ने

भारतले अपराधबारे विदेशमा पनि छानबिन गर्ने

नयाँदिल्ली : भारतले विदेशमा पनि कुनै अपराध बारे दर्ता गर्न र छानबिन गर्न सक्ने भएको छ । भारतीय लोकसभाले सोमवार ‘राष्ट्रिय अन्वेषण अधिकरण संशोधन विधेयक २०१९’ पारित गरेपछि यस्तो बाटो खुला भएको हो ।

विधेयकले राष्ट्रिय जाँच एजेन्सी (एनआईए)लाई यस्तो अधिकार प्रदान गरेको छ । तल्लो सदन लोकसभामा विधेयकबारे चर्चा गर्दै गृह राज्यमन्त्री जी किशन रेड्डीले आतंकवादसँग लड्न यस्तो नियम ल्याइएको स्पष्ट पारेका छन् । विदेशमा रहेका भारतीय एवं भारतीय सम्पत्तिका बारेमा जाँच गर्न भारतलाई सहज हुने भएको छ । मानव तस्करी र साइबर अपराधसँग जोडिएका विषयको अनुसन्धान गर्ने अधिकार पनि रहेको छ ।

रेड्डीले भने, ‘आतंकवादको कुनै धर्म, जाति र क्षेत्र हुँदैन । यो मानवताविरोधी काम हो । यसविरुद्ध लड्न सरकार, संसद् र सबै राजनीतिक दलको जिम्मेदारी हो ।’ लोकसभामा छलफलका क्रममा केही सदस्यले दक्षिणपन्थी आतंक र धार्मिक मुद्दा लगाइने भन्दै विरोध गरेका थिए । उनले यो विधेयक हिन्दु, मुस्लिमको विषय नभएको स्पष्ट पारे । १ अर्ब ३० करोड जनताको सुरक्षा सरकारको जिम्मेवारीअन्तर्गत विधेयक ल्याइएको उनको भनाइ छ । सरकारले एनआईएलाई शक्तिशाली संस्था बनाइने पनि जानकारी दिए ।

विपक्षका केही सदस्यले ल्याएको संशोधन प्रस्ताव अस्वीकर गर्दै विधेयक २७८ मतले पारित भएको थियो । विधेयकको विपक्षमा ६ मत परेका थिए । राज्यमन्त्री रेड्डीले संसारमा आतंकवाद भयानक समस्याका रूपमा देखापरेको र त्यसलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको चर्चा गरे । मुख्यमन्त्री, प्रधानमन्त्री आतंकवादको शिकार भएको पनि उनले स्मरण गरे । अन्तर्राज्यीय र अन्तर्राष्ट्रिय समस्या बन्न पुगेको आतंकवाद रोक्न एनआईएलाई सशक्त बनाउनुको विकल्प नभएको उनले दाबी गरे । एनआईए अदालतमा न्यायाधीशको नियुक्तिलाई पनि सहज र तत्काल प्रभावकनरी बनाइने उनले स्पष्ट पारे । हाल एनआईए न्यायाधीश नियुक्ति प्रक्रियामा लाग्ने गरेको २, ३ महिना पनि लामो भएको भन्दै असन्तुष्टि प्रकट गरे ।

मन्त्री रेड्डीले आतंकवादका विषयमा राज्य सरकारसँग केन्द्र सरकारले मिलेर काम गर्ने बताए । उनले विगतमा एनआईए कानुनमा रहेका कमजोरी सच्याएर प्रभावकारी बनाइएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.