२८ जिल्लामा सरुवा रोगको त्रास

२८ जिल्लामा सरुवा रोगको त्रास

काठमाडौं : अविरल वर्षाबाट प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएका छन्। बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिसँगै सरुवा रोगको जोखिम देखिएको चिकित्सकले बताएका छन्।

स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश शाहले सरुवा र किटजन्य रोगको जोखिम रहेको बताए। झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायत सरुवा रोगको जोखिम रहेको उनले बताए। तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकनगुनियालगायत कीटजन्य रोगको उच्च जोखिम रहेको छ।

डुबानमा रहेका बस्तीमा दूषित पानीले सरुवा रोगको संक्रमण हुनसक्ने चिकित्सकहरू बताउँछन्। सरुवा रोग विज्ञ डा. वासुदेव पाण्डेका अनुसार दूषित पानीले तत्कालै सरुवाजन्य रोगहरू देखा पर्न सक्छन्। उनले भने, ‘खुला ठाउँमा बस्नु पर्दा सर्पदंशको जोखिमसमेत छ।’

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट ६० जनाको मृत्यु भएको छ। १० हजार ४ सय ८५ घरधुरी विस्थापित भएका छन्। विस्थापितलाई छिटो व्यवस्थापन गर्नुपर्ने खाँचो चिकित्सक औंल्याउँछन्। विस्थापितलाई समयमै व्यवस्थापन गर्न नसके जथाभाबी गरिने दिसा पिसाबबाट संक्रमण भएर महामारी फैलन सक्ने डा. पाण्डेले बताए। स्वास्थ्य सेवा विभागले ३ चिकित्सकसहितको टोली प्रदेश २ मा पठाउन लागेको छ। महामारी व्यवस्थापन शाखा प्रमुख डा.शाहले भने, ‘पानी र खानाजन्य रोग फैलने जोखिम छ। खानेपानी सुद्धीकरण र चर्पीको उचित व्यवस्थापन गर्नु आवश्यक छ। जनचेतना फैलाउने र समयमै उचित व्यवस्थापन गर्नु पर्छ।’

महिला र बालबालिका यसबाट बढी प्रभावित भएका छन्। पानी दूषित भएकाले खाना खानअघि हात धुनसमेत समस्या भइरहेको छ। डा. पाण्डे पानी सुद्धीकरणका लागि क्लोरिन प्रयोग गर्नुपर्ने बताउँछन्। विस्थापितलाई दैनिक जीवनयापनका लागिसमेत समस्या भइरहेको छ। सरुवाजन्य रोग नियन्त्रण तथा पीडितलाई आइपर्ने स्वास्थ्य समस्या समाधानमा जुट्न नेपाल चिकित्सक संघले चिकित्सकहरूसँग अपिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.