वडामा पनि पटके कर

वडामा पनि पटके कर

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाले एक वडाबाट अर्को वडामा जाँदा पटके कर लिने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७६-७७ का लागि लगाएको विभिन्न शीर्षकका ठेक्कामा नगरबासीले कर तिर्नुपर्ने भएको छ। चन्द्रपुर ४ बाट चन्द्रपुर ३ गैडाटार जाँदा पटके कर तिर्नुपर्ने भएको छ।

चन्द्रपुर—गैंडाटार सडकमा यात्रा गर्दा ई–रिक्सा, ठेलागाडा, टेम्पोलाई प्रत्येकपटक १० रुपैयाँ, कार, जिप, ट्र्याक्टरलाई २० रुपैयाँ तथा बस, ट्रक र टिपरलाई ५० रुपैयाँ कर लगाउने निर्णय गरिएको छ। सडक पूर्वाधार उपयोग कर लिने उद्देश्यले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा नगरपालिकाले ठेक्का लगाएको हो। चन्द्रनिगाहापुर बजारबाट गंैडाटार जान करिब ३ किलोमिटर छ। एक किलो मिटर चादी नदी पर्छ। करिब २ किलोमिटर कालोपत्रेमा हिँडेको एउटा ई–रिक्साले १० रुपैयाँ पटके कर तिर्न नसक्ने ई–रिक्सा चालकको भनाइ छ।

नगरपालिकाले पूर्वाधार उपभोग करबापत भन्दै ठेक्का लगाएको हो। नगरपालिकाले निर्माण गरेको सडक भएकाले मर्मत सम्भार गर्न पटके कर उठाउन लगाएको वडा ३ का अध्यक्ष बोधनाथ तिमल्सिनाले बताए।

दैनिक ५ सयदेखि ७ सय भाडा तिरेर मजदुरी गर्ने ई–रिक्सा, टेम्पो चालकलाई यस्तो करले पीडित बनाउने चन्द्रपुर ४ का ई–रिक्सा चालक केदार तिमल्सिनाको भनाइ छ।

दिनमा १० पटक ओहोरदोहोर गर्दा एक सय करमै जाने भएकाले यो गरिबलाई पिडामाथि पिडा थप्ने काम तिमल्सिनाको गुनासो छ। नगरपालिकाले नचाँहिदो कर लगायतको भन्दै गैंडाटारका किसानले गुनासो गर्न थालेका छन्।

किसानले उत्पादन गरेको कृषि उपज चन्द्रनिगाहपुरसम्म पुर्‍याउँदा महँगो पटक कर तिर्नुपरेको भन्दै यस्ता कर खारेज गर्न समेत स्थानीयले माग गरेका छन्।

चन्द्रपुर–३ गैडाटारका बासिन्दा चाँदी नदीका कारण पीडित छन्। उक्त वडाका अधिकांश मानिस कृषि पेसा छन्। तरकारी, दूध, अन्न ढुवानी गर्दा पटके कर तिर्नु पर्दा किसानलाई मर्कापर्ने उनीहरूको भनाइ छ। यता धार्मीक तथा पर्यटकीयस्थल नुनथरमा समेत नगरपालिकाले कर उठाउन ठेक्का लगाएको छ।

नगरपालिकाले नुनथर मन्दिरमा पुजा गर्न जानेसँग प्रतिव्यक्ति १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ। बालबालिकाको ५ रुपैयाँ कर तोकेको छ।

मन्दिरमा पुजा गर्दा पनि कर तिर्र्नुपर्ने अवस्था आएको भन्दै चन्द्रपुर १ वागमतीका बासिन्दाले विरोध जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.