म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

काठमाडौं : सिप्रदी प्रालि तथा भारत पेट्रोलियमले म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न गरेको छ। काठमाडौंको ह्यात होटमा आयोजित कार्यक्रममा डिलर मिट २०१९ सम्पन्न भएको हो।

उक्त कार्यक्रमा सिप्रदीका देशभर रहेका अधिकारिक डिलर सहभागी थिए। कार्यक्रममा सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले कम्पनीको आगामी योजनाको बारेमा प्रष्ट पारेका थिए।

उक्त कार्यक्रममा भारत पेट्रोलियमका लागि नेपालका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सबाट आशा धेरै रहेको बताए।

साथै सिप्रदीका उप- जनरल म्यानेजर रोशनकुमार श्रेष्ठले कम्पनीको हाल अपनाइ रहेको रणनीति तथा आगामी कार्य योजनाको बारेमा स्पष्ट पारेका थिए।

कार्यक्रममा नेपालमा रहेका सिप्रदीसँग आवद्ध डिलरमध्ये उत्कृष्ट डिलरलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान  गरेको थियो।कम्पनीका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले कम्पनीको आगामी रणनीतिबारे आफू प्रतिवद्ध रहेको बताए।

विगत १७ वर्ष देखि सिप्रदी नेपालको म्याक ल्युब्रिकेन्टस्का लागि एक मात्र आधिकारिक वितरक हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.