पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु

भोजपुर : पानी जमेको पोखरीमा पौडी खेल्ने क्रममा भोजपुरको आमचोक गाउँपालिकामा दुईजना युवकको मृत्यु भएको छ। आमचोक गाउँपालिका २ यूँको थामडाँडास्थित स्थानीय पासाङ शेर्पाका २५ वर्षीय छोरा निमा शेर्पा र दावा शेर्पाका छोरा २० वर्षीय गेल्बु शेर्पाको पानी जमेको पोखरीमा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खानेपानीका लागि निर्माणाधिन उक्त पोखरीमा स्थानीयले सोमबार करिब साढे १२ बजेतिर दुवैको शव तैरिरहेको देखेपछि  प्रहरीलाई खबर गरेको इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए। वेश क्याम्पबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोरेटारमा सूचना पाएपछि ६ जनाको प्रहरी टोलीले उनीहरुको शव पोखरीबाट निकालेको थियो।  

घरबाट घुम्न निक्लिएका दुई भाइ पोखरीमा पौडी खेलेपछि बाहिर निस्किन नसकेपछि मृत्यु भएको स्थानीयले बताए।पोखरी गहिरो भएकाले बाँध भत्काएर शव निकालिएको स्थानीय राजिनकुमार राईले बताए। घटनास्थलमा खटिएको प्रहरी टोलीले शवलाई पोखरीबाट निकाली घटनाको अनुसन्धान र कानुनी प्रक्रियापछि शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याईँदै गरिएको इन्स्पेक्टर राजवंशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.