सहकारीका नाममा व्यक्तिको सम्पत्ति हत्याइयो

सहकारीका नाममा व्यक्तिको सम्पत्ति हत्याइयो

काठमाडौं : सहकारीका नाममा एक सञ्चालकले व्यक्तिको सम्पत्ति हत्याएका छन्। कालिमाटीस्थित धेबा बचत तथा ऋण सहकारी संस्था सञ्चालकले आफ्नो नाममा जग्गा पास गराएर त्यसको पैसा नदिई सम्पत्ति हत्याएका हुन्।

सहकारीले सदस्यको जग्गा बिक्री गरिदिने बाहनामा १० वर्षदेखि बिक्री गरेर÷गर्न नदिएर सदस्यको सम्पत्ति हडप्न खोजिरहेको छ।

उक्त सहकारी संस्थाका तत्कालीन अध्यक्ष उत्तमलाल श्रेष्ठ र सदस्य गुणराम प्रजापतिबीच २०६६ पुस २९ गतेदेखि लागू हुने गरी जग्गा खरिदबिक्री सम्बन्धी करार सम्झौता भएको थियो। प्रजापतिले कीर्तिपुरको एक रोपनी १४ आना श्रेष्ठको नाममा पास गरी दिने र पास भएको ३५ दिनभित्र श्रेष्ठले क्रेता खोजी बिक्री गर्ने सम्झौता थियो। तर श्रेष्ठले १० वर्षदेखि विभिन्न बाहना बनाएर उक्त जग्गा बिक्री गर्न नदिएको प्रजापतिले बताए।

संस्थाले आफ्ना सदस्य गुणराम प्रजापतिको जग्गा बिक्री गर्ने बाहना तथा ऋण दिएकै भरमा आधा मुनाफा खान खोजेको कागजातबाट समेत पुष्टि भएको छ। उता सहकारीले विगत १० वर्षदेखि जग्गा बिक्री गर्न नदिएर २२ प्रतिशत ब्याज असुल्न भने छोडेको छैन।

प्रतिआना ४ लाख मूल्यमा जग्गा बिक्री गरी १ रोपनी १४ आना जग्गा बिक्री गरेर आधा रकम हत्याउन सहकारीले सम्झौता गरेको छ। तर उक्त संस्थाले प्रजापतिलाई ३० लाख ऋण दिएर २२ प्रतिशत चर्को ब्याज असुल्दै आएको छ।

सम्झौता गरेको एक दशक बितिसक्दा पनि सहकारीले सदस्यको जग्गा फिर्ता गरेको छैन। उक्त जग्गा बिक्री गर्न समेत नदिएर ऋण असुल्न खोजिरहेको छ। सहकारीले नियमविपरीत ऋणी सदस्यको जग्गा व्यक्तिको नाममा नामसारी गरेको छ। ऋणीले ऋण नतिरेमा उसको धितो सम्पत्ति लिलामी गरेर सकार्नुपर्नेमा आफूखुसी सञ्चालकको नाममा नामसारी गरिएको छ।

सहकारीका सदस्य गुणराम प्रजापतिले कीर्तिपुरको १ आना १४ रोपनी जग्गा धितो राखी २०६६ माघ ४ गते धेबा सहकारीबाट ऋण लिएका थिए। उनले २०६८ माघ मसान्तसम्म सावाब्याज सबै तिर्ने गरी २२ प्रतिशत ब्याजदरमा सहकारीबाट ऋण लिएका हुन्। उनले उक्त समयमा ११ लाख २५ हजार किस्ता गरेका छन्। संस्थाले २०६७ माघ १२ गते ऋण नवीकरणसमेत गरेको छ। जबकी २०६६ पुस २९ गते नै तत्कालीन उपाध्यक्ष विनयभक्त श्रेष्ठको नाममा जग्गा नामसारी गरिएको छ। तत्कालीन अध्यक्ष र उपाध्यक्षले सहकारीले १० वर्ष बितिसक्दा पनि जग्गा धितो नसकारेर श्रेष्ठको नाममा नामसारी गरिएको छ।

संस्थाले ऋण दिँदा नै संस्थाको नियम भन्दै धितो लेखिदिने सम्पत्तिमा जग्गा, तथा सोमा बनेको वा पछि बनेको घरसमेत संस्थाको नाममा लिखित रजिस्ट्रेसन पास गरी दिनेगरी कर्जा स्वीकृत गरिएको उल्लेख गरेको छ।

पीडित प्रजापतिले सहकारीले विभिन्न बाहना बनाएर शर्त पूरा नगरी ब्याज तिराउन बाध्य पारेको गुनासो गरे। ‘मलाई सहकारीको चर्को ब्याज तिर्न समस्या भयो’, उनले भने, ‘सहकारीले सम्झौता बेवास्ता गर्दा समस्या भयो।’ उनले आफ्नो जग्गा संस्थाले लिलाम नगरी खान खोजेको आरोप लगाए।

सहकारीका तत्कालीन अध्यक्ष उत्तमलाल श्रेष्ठले ऋणीले ऋण तिर्न नसकेपछि जग्गा खरिद बिक्री सम्झौता गरेको दाबी गरे। संस्थाको विगत दुई वर्षदेखि नयाँ नेतृत्व र नयाँ व्यवस्थापन आएको छ। संस्थाका कार्यकारी प्रमुख जितेन्द्र चौधरीले जग्गाको लिलामी प्रक्रिया सुरु भएको बताए। ‘उहाँहरूबीच के सम्झौता भयो, हामीलाई मतलवको कुरा भएन’, उनले भने, ‘कागजीरूपमा सहकारी अगाडि देखिए पनि तत्कालीन नेतृत्व नै जिम्मेवार रहन्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.