विराटनगरको मुख्य बजारमै सटर फुटाएर चोरी

विराटनगरको मुख्य बजारमै सटर फुटाएर चोरी

विराटनगर : प्रदेश-१ को स्थायी राजधानी विराटनगरको मुख्य बजारमै मंगलबार राति सटर फुटाएर मोबाइल पसलमा चोरी भएको छ।  विराटनगर महानगरपालिका-९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेज प्रालिमा चोरी भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार पश्चिमतिरको सटर फुटाएर र सटरमाथिको सीसी क्यामेराको तार छिनाएर पसलमा चोरी गरिएको पत्ता लागेको छ। इन्टरप्राइजेजका सञ्चालक मधुकुमार राईले पसलबाट मोबाइल र ल्यापटपसहित १२ लाख रूपैयाँ भन्दा बढीको धनमाल चोरी भएको बताए। बुधबार बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा पाएको जानकारी उनले दिए।

राईका अनुसार, ल्यापटप २ थान, ट्याब २ थान, मोबाइल ४१ थान, पावर ब्यांक १० थान, ब्लुटुथ डिभाइस ५ थान, मोबाइल कभर २ सय थान र नगद ४० हजार रूपैयाँ चोरी भएको हो।उनले राति ९ बजे पसल बन्द गरेर आफू घर फर्किएको बताए। 

'महेन्द्र चोकमा २४ घण्टा नै प्रहरीको ड्युटी हुन्छ,' राईले भने, 'प्रहरी बसेकै छेउमा रहेको पसल फोडेर चोरी हुँदा पनि घटनाका बारेमा प्रहरीले थाहा नपाउनु अचम्मको विषय बन्यो।' एसपी अधिकारीले प्रहरी कुनै ठाउँमा गस्तीमा निस्किएको बेला चोरी भएको हुन सक्ने बताए।

घटनामा संलग्नको पहिचान भइनसकेको र केही प्रमाणहरु फेला परेका कारण तत्कालै पहिचान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ। प्रहरीले विराटनगरको मुख्य बजारमै भएको चोरीको विषयमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.