आकाश खुलेपछि जोमसोम बजार... (तस्बिरसहित)

आकाश खुलेपछि जोमसोम बजार... (तस्बिरसहित)

मुस्ताङ : मौसम प्रतिकुलका कारण एकाएक सुस्ताएको मुस्ताङको पर्यटन बुधबार सडक र आकाश खुलेसँगै गुल्जार भएको छ। मौसम सुधारोन्मुख भएसँगै ९ औं दिनमा जोमसोममा तारा एयरको जहाज अवतरण भएको छ।

अविरल वर्षा र खराब मौसमका कारण ९ दिनसम्म पोखरा जोमसोम हवाई सेवा ठप्प भएको थियो। म्याग्दी ,कास्की र मुस्ताङमा मौसम प्रतिकुलका कारण तारा एयरलाइन्सका जोमसोम उडान रद्द भइरहेकोमा बुधबार मात्रै जहाज आएको तारा एयरको जोमसोमस्थित स्टेसन म्यानेजर सुजन लालचनले जानकारी दिए।

स्टेसन म्यानेजर लालचनका अनुसार बुधबार मात्रै तारा एयरको हवाई सेवा मार्फत ८६ जना पर्यटक जोमसोम ओर्लिएका हुन् । जसमध्ये  भारतीय पर्यटक ५३ जना, विदेशी पर्यटक १७ जना र आन्तरिक पर्यटक १६ जना छन्।यस्तै ,जोमसोमबाट पोखराका लागि ३२ जना आन्तरिक र विदेशी पर्यटकले यात्रा गरेको लालचनले बताए।

लामो प्रतिक्षापछि मौसम सुधारका कारण हवाई सेवा नियमित हुन थालेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख भानुभक्त कोईरालाले बताए। वर्खायाममा कम पर्यटक भित्रिने समय भएपनि मौसम राम्रो भएमा मुस्ताङ आउने हवाई पर्यटकमा कमी नहुने जनाए।

वर्खायामको अविरल वर्षाले २ दिनअघि पनि ४ दिनसम्म बेनी जोमसोम सडक अवरुद्ध भएको थियो। सडक र आकाशको दुबै सेवा प्रभावित बनेसँगै मुस्ताङमा शून्यता छाएको थियो।

म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभीरमा सडक नदी कटानले बगाएपछि सडकमार्ग रोकिएको थियो। होटल ताजकी संञ्चालिका तृष्णा गौचनले मौसममा सुधारसँगै व्यवसायीमा आशा पलाएको बताइन् । उनले जोमसोममा जहाज आएपछि रिक्तै भएका कोठाह भरिन थालेको जानकारी दिइन् ।सदरमुकाम जोमसोमको एयरपोर्ट बजारमा पर्यटकको गुल्जार देखिएको छ।

यस्तै हवाई सेवा तथा सडक अवरुद्ध हटेपछि प्रसिद्ध धार्मिक स्थलमा समेत दर्शन गर्ने आन्तरिक तथा विदेशी पर्यटकको सरगर्मी बढेको मुक्तिनाथका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। पर्यटकको चहलपहल बढेपछि स्थानीय यातायात व्यवसायी समेत उत्साहित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.