अन्‍नपूर्ण अनलाइनको सम्पादकमा विष्णु सुवेदी नियुक्त

अन्‍नपूर्ण अनलाइनको सम्पादकमा विष्णु सुवेदी नियुक्त

काठमाडौं : अन्‍नपूर्ण पोस्ट् डटकमको सम्पादकमा विष्णु सुवेदी नियुक्त भएका छन्। बुधबार अन्‍नपूर्ण मिडिया नेटवर्कको कार्यालय तीनकुनेमा आयोजित विशेष कार्यक्रममा सम्पादक सुवेदीलाई स्वागत गरिएको हो। 

सुवेदीलाई स्वागत गर्दै अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बढ्दो  प्रविधिको विकाससँगै अन्‍नपूर्ण अनलाइनलाई अझ प्रतिस्पर्धी बनाउन व्यवस्थापनले नयाँ सम्पादक नियुक्त गरेको जानकारी दिए। 

‘अन्‍नपूर्ण मिडिया नेटवर्कको अनलाइनलाई अझ व्यवस्थित बनाउन व्यवस्थापनले केही नयाँ निर्णय लिएको छ’, अध्यक्ष थापाले भने, ‘सम्पादकको  रूपमा विष्णु सुवेदी नियुक्त भएपछि व्यवस्थापनले अन्‍नपूर्ण अनलाइन अझ बढी प्रतिस्पर्धी र व्यवस्थित हुने अपेक्षा गरेको छ।’ 

सम्पादक सुवेदीले २०५२ सालमा ‘हिमालय टाइम्स’बाट मूलधारको पत्रकारिता सुरु गरेका हुन्। सात वर्ष हिमालय टाइम्समा काम गरेका सुवेदीले त्यसपछि अन्‍नपूर्ण पोस्ट्मा १५ वर्ष काम गरे ।  सुवेदीले संसद, सुरक्षा, राजनीति बिटमा कलम चलाउँदै आएका छन् । सम्पादक सुवेदी दुई वर्षअघि अन्‍नपूर्णबाट बाहिरिएका थिए। सुवेदी यसअघि  ‘नेपाल समय’ को सम्पादकको जिम्मेवारीमा थिए। नवनियुक्त सम्पादक सुवेदीले आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका छन्। 

यसैगरी अन्‍नपूर्ण पोस्ट् डटकमका सम्पादक विकास थापालाई अन्‍नपूर्ण पोस्ट् दैनिकको सम्पादक नियुक्त भएका छन्। नवनियुक्त सम्पादक थापालाई नेटवर्कका अध्यक्ष थापाले नियुक्ति पत्र प्रदान गर्दै बधाई तथा शुभकामना दिए। सम्पादक थापा दुई दशकदेखि नेपाली मुलधारको पत्रकारितामा सक्रिय छन्। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका थापा जल सरोकारमा विशेष दखल राख्छन्। 

‘आजसम्म अनलाइनको सम्पादकको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु भएकोमा विकासजीलाई धन्यवाद’, अध्यक्ष थापाले भने, ‘उहाँ अब पत्रिकाको सम्पादक नियुक्त हुनु भएको छ।’ 

अन्‍नपूर्ण मिडिया नेटवर्कका प्रवन्ध निर्देशक लक्ष्मी पौडेलले अनलाइनमा राम्रा समाचार सामग्री दिन सके यसको नेटवर्क बनाउनै नपर्ने बताउँदै सम्पादक सुवेदीलाई बधाई दिए। ‘नयाँ सम्पादकको रूपमा विष्णुजी आउनु भएको छ’,  एमडी पौडेलले भने, ‘हामीले राम्रो कन्टेन्ट दिन सके अनलाइनले पाठकको चिन्ता गर्नु पर्दैन। तपाईंलाई बधाई छ। सम्पादकको रूपमा स्वागत गर्न पाउँदा खुशी लागेको छ।’

अन्‍नपूर्ण पोस्ट्का प्रमुख कार्यकारी अधिकृत मानस घिमिरेले यसअघि सँगै काम गरेको स्मरण गर्दै सुवेदीको कार्यकालमा अन्‍नपूर्ण अनलाइनले नयाँ उचाई लिने विश्वास व्यक्त गरे।  अन्‍नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापाले अनलाइन सम्पादक सुवेदीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए। 

अन्‍नपूर्ण पोस्ट् डटकमका नवनियुक्त सम्पादक सुवेदीले आफूलाई विश्वास गरेकोमा अन्‍नपूर्ण व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा अनलाइनलाई नयाँ उचाईमा पुर्‍याउने बताए। ‘दुई वर्षपछि फेरि अन्‍नपूर्णमा जोडिएको छु’,  नवनियुक्त सम्पादक सुवेदीले भने, ‘जुनसुकै सफलताका पछाडि टिमको ठूलो हात हुन्छ। मेरो कार्यकालमा अनलाइनलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्य लिएको छु।’ 

स्वागत कार्यक्रममा सम्पादक अखण्ड भण्डारी, सम्पादक विकास थापा, अन्‍नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बराल, अन्‍नपूर्ण सम्पूर्णका सम्पादक राजन नेपाल, एपीवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, रेडियो अन्‍नपूर्णका स्टेशन म्यानेजर ठाकुर बेल्बासे, अन्‍नपूर्णको  बाल साप्ताहिक ‘अंकुर’की सम्पादक रामकला खड्काले सम्पादक सुवेदीलाई बधाई तथा शुभकामना दिए। 

स्वागत कार्यक्रममा अन्‍नपूर्ण पोस्ट्का सबै विभागीय प्रमुखको उपस्थिति थियो। 

अन्‍नपूर्ण पोस्ट् डटकमका सम्पादक विष्णु सुवेदीलाई स्वागत गर्दै अन्‍नपूर्ण पोस्ट्का प्रमुख कार्यकारी अधिकृत मानस घिमिरे । तस्बिर : अन्‍नपूर्ण 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.