सँगै जिउने कसम खाएका श्रीमान् श्रीमतीको एकै दिन मृत्यु

सँगै जिउने कसम खाएका श्रीमान् श्रीमतीको एकै दिन मृत्यु

इटहरी : विवाहपछि श्रीमान श्रीमतीको एउटै चाहना हुन्छ सँगै जिउने सँगै मर्ने।सँगै जीवन विताएका जोडीको एकैसाथ मृत्यु भएको घटना भने विरलै पाइन्छ।तर इटहरीमा भने एक जोडीले एकै दिन मृत्यु बरण गरेका छन्।त्यो जोडी हो ७८ वर्षीया नर्मदादेवी भट्टराई र ८८ वर्षीय टिकाप्रसाद भट्टराई।यो जोडीको मृत्यु मात्र ३ घन्टाको फरकमा भएको हो।

इटहरी वडा नं. १३ की ७८ वर्षीया नर्मदादेवी भट्टराई र उनका श्रीमान टिकाप्रसाद भट्टराईको एकै रात मृत्यु भयो। तीन घण्टाको फरकमा उनीहरुको मृत्यु भएको छोरा राजनले जानकारी दिए।

बिरामी भएर उपचारत् नर्मदाको मृत्यु मंगलबार पौने ८ बजेतिर घरैमा भयो।उनको मृत्यु भएसँगै घरमा रुवाबासी सुरु भयो । उनका ८८ वर्षीया श्रीमान् टिका छोराछोरीलाई सम्झाउन थाले। तर अचानक उनी पनि बिरामी परे। 

लगत्तै उनलाई विराटनगरमा रहेको नोबेल अस्पताल लगियो। त्यही राति चिकित्सकले उनलाई मृत घोषित गरे।राति नै घर ल्याइएर बुधबार बिहान इटहरीस्थित बुढी गंगा जमुना मुक्तिघाटमा एउटै चितामा राखेर दाहसंस्कार गरिएको थियो।भट्टराई दम्पत्तीका चार छोरा र दुई छोरी छन्।उनीहरु कान्छा छोरासँग बस्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.