जाधवको फाँसी रोक्न आदेश

जाधवको फाँसी रोक्न आदेश

नयाँदिल्ली : पाकिस्तानको जेलमा राखिएका भारतीय नागरिक कुलभूषण जाधवलाई फाँसी नदिन अन्तर्राष्ट्रिय अदालतले आदेश दिएको छ। भारतको पक्षमा फैसला सुनाउँदै अन्तर्राष्ट्रिय अदालतले जाधवलाई भारतीय कन्स्युलरसँग भेट गर्न दिनुपर्ने फैसला सुनाएको छ।

अदालतको फैसलाप्रति पाकिस्तानले असन्तुष्टि व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानले जाधवलाई दिएको मृत्युदण्डको सजायको समीक्षा गर्दै फिर्ता लिनुपर्ने बताएको छ। नेदरल्यान्ड्सको दि हेगमा सार्वजनिक सुनुवाइ गर्दै अदालतका प्रमुखन्यायाधीश अब्दुलकावी अहमद यूसुफले उक्त निर्णय सुनाएका थिए। १६ जना न्यायाधीशमध्ये १५ले भारतको पक्षमा निर्णय सुनाएका थिए।

भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराले उक्त फैसलाको स्वागत गरेकी छन्। उनले यो भारतको जित भएको बताइन्। पाकिस्तानको सैन्य अदालतले जाधवलाई फाँसीको सजाय सुनाएको थियो। त्यसकै विरुद्ध भारत अन्तर्राष्ट्रिय अदालतमा पुगेको थियो। पाकिस्तानको सैन्य अदालतले जासुसी र आतंकवादको आरोपमा उनलाई मृत्युदण्ड दिएको थियो। जाधव भारतीय नौसेनाका अवकाशप्राप्त अधिकारी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.