बाढीको बितन्डा : सिन्धुलीका दुई पुलमा क्षति

बाढीको बितन्डा : सिन्धुलीका दुई पुलमा क्षति

सिन्धुली : गत शुक्रबार र शनिबार आएको बाढीले सिन्धुलीका प्रमुख दुई राजमार्गका दुई पुलमा क्षति पुर्याएको छ। बाढीले सिन्धुली र मकवानपुर जिल्ला जोड्नेगरी बागमती नदीमा निर्माणाधिन पुल र मध्यपहाडी लोकमार्गको बितिजोर खोलाको पुलमा क्षति पुगेको हो। 

मदन भण्डारी लोकमार्ग अन्तरगत सिन्धुली–हेटौंडा पश्चिम खण्डमा पर्ने बागमती नदीमा निक्कै ढिलागरी निर्माण थालिएको पक्की पुलको एक खण्डको स्याल्प नै बगाएको हिरहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले जानकारी दिए। ‘दुई स्याल्पमा निर्माण थालिएको पुलको एउटा स्याल्पनै बगाएको छ। अर्को स्याल्पको पिल्लरमा पनि क्षति पुगेको छ,’ उनले भने। बगाएको पुलको स्याल्पको ढलानसमेत सकिएको थियो।

उता मध्यपहाडी लोकमार्ग अन्तरगत खुर्कोट-घुर्मीखण्ड अन्तरगत गोलन्जोर गाउँपालिकाको वितिजोर खोलामा रहेको पुलमा क्षति पुर्‍याएको छ। उक्त पुलको एक साइडमा पहिरो जाँदा पुलसहित सडकको पक्की भागनै बगेको छ। 

पुलमा क्षति पुग्दा उक्त स्थानमा सडकनै अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहिरोले पुलमा क्षति पुर्‍याउँदा पुलबाट सवारी आवगमनमा समस्या भएको स्थानीय शंकर बरालले जाए। 

‘पुलको पक्की भागसहित पहिरोले बगाएको छ। अहिले त्यस ठाउँमा पुल मुनि वैकल्पिक ट्र्याक खोलेर खोलाबाटै जोखिम मोलेर सवारी चलाउने प्रयत्न भएको छ,’ उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.