नामीका विद्यार्थीलाई जापानमा रोजगारी
![नामीका विद्यार्थीलाई जापानमा रोजगारी](https://annapurnapost.prixacdn.net/media/albums/Job-Fair-at-NAMI-2-1_20190718110546_7dDkGwAia7.jpg)
काठमाडौं : सूचना प्रविधिको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासँगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेलाको आयोजना गरिएको छ।बिहीबार आयोजना गरिएको मेला सोही कलेजमा बीएससी कम्प्युटिङ विषय अध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन्। मेलामा विद्यार्थीले ह्युमन सिसोसियाका सदस्यसँग अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाए।
सोही कार्यक्रममा विद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीमा रोजगारीका लागि आफ्नो नाम दर्ता गराउने मौका पाए।सूचना प्रविधीसँग सम्बन्धित जापानका अन्य रोजगाररदाता कम्पनी, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवनशैलीका बारेमा समेत विद्यार्थीले ह्युमन रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर तासुजी सुगीहारासँग प्रत्यक्ष सम्वाद गरे।
नेपाली विद्यार्थीले जापानमा काम गर्नुअघि पुरा गर्नुपर्ने प्रक्रिया, नेपाली कामदारलाई उपलब्ध गराइने विशेष सहुलियत लगायतका विषयमा सुगीहाराले जानकारी दिएका थिए। रोजगार मेलामा बोल्दै कलेजका वरिष्ठ व्यापार प्रवद्र्धन व्यवस्थापक अमरदीप मण्डलले भविष्यमा पनि यस्तै रोजगार मेलालाई निरन्तरता दिने बताए।
उनका अनुसार हरेक वर्ष कलेजले यस्तो मेला गर्दै आइरहेको छ। सोही कार्यक्रममा उनले नामीमा अध्ययनरत विद्यार्थीलाई रोजगारीमा लगाउन कलेजले सक्दो सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए। उनका अनुसार गत वर्ष नामीमै अध्ययन गरेका ६ जना विद्यार्थी जापानमा काम गर्न छनोट भएका थिए। उनीहरु आगामी सेप्टेम्बरमा त्यतातर्फ जाँदैछन्।
ह्युमन रिसोसिया ह्युमन ग्रुपको सक्रिय सदस्य हो। जुन संस्था समाजमा दक्ष नागरिक उत्पादनमा सक्रिय छ। यसले सूचना प्रविधीसँग सम्बन्धित जापानको प्रतिष्ठित कम्पनीसँग मिलेर विश्वमै दक्ष जनशक्ति प्रवाह गर्दै आएको छ। नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)