अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरा र चितवनमा शैक्षिक मेला
![अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरा र चितवनमा शैक्षिक मेला](https://annapurnapost.prixacdn.net/media/albums/educationss_20190718130512_tiJCgGWrZl.jpg)
काठमाडौं : उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिँदैआएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुुकेसन कन्सल्टेन्सीले शैक्षिक मेलाको आयोजना गरेको छ ।
अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मात्र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताइएको छ । यस संस्थाले आज चितवन र भोलि पोखरामा मेलाको आयोजना गरेको छ । हिजो बुधबार काठमाडौंमा पनि मेला गरेको थियो ।
मेलामा अष्ट्रेलियाका १६ विश्वविद्यालय तथा १२ वटा कलेजका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । संस्थाका कार्यकारी निर्देशक एसके श्रेष्ठका अनुसार पछिल्लो समय नेपाली विद्यार्थीका लागि अष्टे«लिया उच्च शिक्षाको मुुख्य आकर्षक गन्तव्य रहेका कारण मेलाको आयोजना गरेर परामर्श दिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)