याकको यौनक्रिडा देखाउने खिल्हा पर्व

याकको यौनक्रिडा देखाउने खिल्हा पर्व

मुस्ताङ : मुस्ताङमा परम्परागत याक नाच (खिल्हा पर्व) देखाइएको छ। बिहीबार मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ गाउँमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले खिल्हा पर्व उद्घाटन गरे।

तुलाचनले संस्कृतिको संरक्षणले मात्रै पर्यटनको विकास हुने उल्लेख गर्दे नयाँ पुस्तालाई इतिहास संरक्षणमा लाग्न आग्रह गरे। प्रदेश सांसद ईन्द्रधारा विष्टले संस्कृति र समाजको विकासमा सञ्चारको भूमिका हुने बताए। अर्का प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुस्ताङका मौलिक संस्कृति र रहनसहन बचाउनु सरकार र स्थानीयवासीको दायित्व भएको औँल्याए।

तीन गाउँ थकालीहरूको मौलिक सभ्यतामा आधारित खिल्हा पर्व बर्सेनी साउनमा सुरु हुने गर्छ। तीन गाउँले मध्येकै ठिनीका थकालीले भदौमा यो पर्व मनाउँछन्। हेर्दा उस्तै भए पनि ठिनी थकालीहरूले यस पर्वलाई 'फलो' भन्ने गर्छन्। स्याङ गाउँका थकाली युवाहरूले यसअघि अनियमित रहेको खिल्हा पर्वलाई गत वर्षदेखि निरन्तरता दिन थालेको स्याङ गाउँ सुधार समिति, थाक स्याङका अध्यक्ष सुमन थकालीले जानकारी दिए। उनका अनुसार स्याङबासीले असारको अन्तिम पूर्णिमाको अवसरमा ४ दिनसम्म खिल्हा मेला सञ्चालन गर्ने गरेको बताए।

बर्सेनी असार महिनाको ९ महिने उवा बाली थन्क्याएर ३ महिने फापर बालीको खेतमा बिउ छरेपछि पर्व मनाउने चलन रहेको स्थानीय फलेन्द्र थकालीले जानकारी दिए। उनका अनुसार खिल्हा पर्वअघि पूर्णिमाको दिन स्याउ गाउँकै ३८ सय मिटर उचाईमा रहेको चाङउई धार्मिक स्थलमा पुगेर पुजापाठ र दर्शन गरिन्छ। त्यसपछि भोलिपल्ट नजिकैको खोलाबाट याकको मुकुट लगाएर गाउँ भित्र्याउने चलन छ।

पर्वका सहभागी घोडा चढेर उक्त स्थान पुगेर फर्किन्छन्। थकाली गीत गाउँदै आपसमा रमाइलो गर्ने पर्वको मौलिक विशेषता हो। पर्वका अवसरमा परम्परागत याक नाच, जोगी नाच, विभिन्न हास्यव्यंग्यसहित बाजागाजा बजाएर मनोरञ्जन गर्ने चलन रहेको स्याङ गाउँ सुधार समितिका उपाध्यक्ष किरण थकालीले जानकारी दिए।

खिल्हा पर्वको मुख्य आर्कषण याक नाच हो। यो नाचमा याक जनावरका यौन क्रिडालाई कलात्मक रुपमा देखाइन्छ। हेर्दा आपत्तिजनक लाग्ने भए पनि यौनक्रिडाको महत्व दर्साउन पर्वको सुरुवात भएको स्थानीय विश्वास छ।

देश विदेशमा बस्ने थकालीहरू मुस्ताङ आएर खिल्हा पर्वलाई निरन्तरता दिइरहेका छन्। पर्व बचाउन संघसंस्था र व्यक्तिले पनि स्याङ गाउँ सुधार समितिलाई आर्थिक सहयोग गरेका छन्।

खिल्हा पर्वको दौरान भलिबल र परम्परागत तारा खेल समेत सञ्चालन भएको थियो। खेलका विजेता टोलीलाई सांसद प्रेमप्रसाद तुलाचन लगायतले पुरस्कार र ट्रफी प्रदान गरे। पर्व शुक्रबार समापन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.