मोतिहारीको डिजेल पाइपलाइनबाट सिधै अमलेखगञ्जमा

मोतिहारीको डिजेल पाइपलाइनबाट सिधै अमलेखगञ्जमा

सिमरा : बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार सम्पन्न भएसँगै भारतबाट सिधै इन्धन नेपाल भित्रने भएको छ।

नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको पाइपलाइन विस्तारको काम सम्पन्न भएपछि परीक्षणका क्रममा बिहीबार राति डिजल ल्याउन लागिएको हो। अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजेल मध्यरातमा आइपुग्ने पाइपलाइन परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए। 

यादवका अनुसार पहिलो चरणमा पानीले पाइप सफा गरिएको छ। दोस्रो चरणमा डिजेल ल्याइनेछ। पाइप सफा गर्नका लागि मोतिहारीबाट बुधबार पानी पठाइएको थियो। पाइप सफा भएपछि बिहीबार दिउँसो १२ बजे डिजल पठाइएको यादवले बताए। यादवले भने, ‘हामी डिजेल आउने प्रतिक्षामा छौँ, रातिसम्म डिजेल आइपुग्नेछ।’

डिजेलको स्वागत गर्न अमलेखगञ्जस्थित आयल कर्पोरेशका कर्मचारी रातभर प्रतिक्षामा रहने यादवको भनाइ छ यादवले पाइपबाट डिजेल आएपनि ट्यांकीमा भण्डार गर्ने काम भने शुक्रबार बिहान मात्रै गरिने यादवले बताए। परीक्षणपछि केही दिनमै उद्घाटन हुने उनको भनाइ छ। 

अमलेखगञ्जमा इण्डियन आयल कर्पोरेशन पटनाका प्रमुख एसके नन्दीसहित २० जना प्राविधिक र नेपाल आयल कर्पोरेशनका प्राविधिक कर्मचारीसहितको टोली रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.