ठूला पुलको बोलपत्र मस्यौदा तयार

ठूला पुलको बोलपत्र मस्यौदा तयार

काठमाडौं : ठूला र सहर नजिकका नदीमा ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने पुलको स्तरीय बोलपत्रको मस्यौदा तयार भएको छ। डिजाइन एन्ड बिल्ड मोडालिटीमा पुलको डिजाइन गर्नेले निर्माण ठेक्का पाउँछ। यो मोडालिटीमा निर्माण गर्दा डिजाइनको जटिलताका कारण हुने ढिलासुस्तीको अन्त्य हुने सरकारको विश्वास छ।

डिजाइन एन्ड बिल्डका लागि स्तरीय बोलपत्रको मस्यौदा तयार गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक प्रभावकुमार झाले जानकारी दिए। डिजाइन एन्ड बिल्ड मोडलबाट नेपालमा २०६५ सालदेखि पुल बनाउन सुरु गरिएको थियो। बोलपत्रको मस्यौदा अनुमोदन भइसकेको छ। स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवालयमा पेस गरिसकिएको छ। कार्यालयका सचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरिएको छ। सचिवले स्वीकृति प्रदान गरेसँगै राजपत्रमा सूचना प्रकाशित भइसकेपछि स्तरीय बोलपत्र कार्यान्वयनमा आउनेछ।

झाका अनुसार स्तरीय बोलपत्र मस्यौदामा पुलको डिजाइनको परीक्षण तेस्रो पक्षबाट अनिवार्य रूपमा गरिने व्यवस्था छ। बोलपत्र तयार हुनुअघि ठेक्का लगाउने निकायले जाँच गरेर स्वीकृति दिएपछि सोही ठेकदारले पुल बनाउने व्यवस्था थियो। विशेष प्रकृतिका पुलमा भने तेस्रो पक्षबाट जाँच गरिन्थ्यो। ठेक्का लगाउने निकायले दिएको मापदण्डमा फरक पर्ने अवस्था सिर्जना भए डिजाइनको जिम्मा पाउने ठेक्का प्राप्त गरेको एक महिनाभित्र विस्तृत विवरणसहित आवेदन दिनुपर्छ। पुल निर्माणको समयमा र निर्माण भइसकेपछि गुणस्तर परीक्षण गरिनेछ। निर्माण सम्पन्न भएको पाँच वर्षसम्म ठेकेदारकै खर्चमा मर्मत सम्भार गर्नुपर्नेछ। यसका लागि निर्माण सम्पन्नतापछि मर्मत सम्भार गर्नुपर्ने हुन्छ।

सडक विभाग पुल महाशाखाका सिनियर डिभिजिनल इन्जिनियर नरेशमान शाक्यका अनुसार निर्माण कार्य छिटोछरितो तथा गुणस्तरीय बनाउन डिजाइन एन्ड विल्ड मोडालिटी प्रयोगमा ल्याउन लागिएको बताए। ‘निर्माणको जिम्मा पाउनेले नै डिजाइन गर्दा व्यावहारिकताका आधारमा डिजाइन गरिन्छ। परामर्शदाताले डिजाइन गर्दा व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञानमा जोड दिने गर्छन्’, शाक्यले भने, ‘सैद्धान्तिक र व्यावहारिक पक्षबीच तालमेल नमिल्दा निर्माण कार्यमा जटिल्ता आउने गरेको छ।’ डिजाइनमा देखिने समस्या समाधान गर्दा नै निर्माण अवधि खेर जाने गरेको थियो। एउटैले डिजाइन गर्दा समयको बचत हुने र लागत पनि नबढ्ने उनको दाबी छ। डिजाइनसँगको तालमेल नमिल्दा भेरिएसनका आधारमा रकम थप गरेर निर्माण कार्य अघि बढाउनुपर्ने बाध्यता छ। यस्तो समस्या डिजाइन एन्ड विल्ड मोडालिटीमा हुँदैन।

भेरिएसन गर्नुपर्ने अवस्था सिर्जना भए ठेकेदारले आफ्नै खर्चले गर्नुपर्छ। यो मोडलमा काम गर्दा परामर्शदाताबीच नयाँ तथा आकर्षक बनाउने होडबाँजी चल्छ। निर्माण व्यवसायीको क्षमता वृद्धि हुनका साथै मुलुकमा आकर्षक पुल निर्माण हुनेछ। पछिल्लो समय आकर्षणको केन्द्रका रूपमा बेनीघाट पुल, बबही पुल, रिम्ना पुल, कणाली पुललगायत पुल डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गरिएका हुन्। बक्स, सस्पेन्सन, नेटवर्क आर्क, आर्क, सिग्नेचरलगायत पुल यी मोडलका आधारमा तयार भएका हुन्। सरकारले डिजाइन गर्दा कानुनीरूपमा धेरै कुरा संशोधन गर्नुपर्ने हुन्छ। निर्माण कम्पनीले डिजाइन गर्दा त्यस्तो कानुनी कठिनाइ आउँदैन।

डिजाइन एन्ड विल्ड मोडालिटीको प्रयोग विश्वमा बढ्दो छ। विश्वका ६० प्रतिशतभन्दा धेरै देशले यो मोडालिटीमा पुल बनाइरहेका छन्। नेपालमा पनि करिब एक सयको हाराहारीमा डिजाइन एन्ड विल्ड मोडालिटीमा निर्माण भइसकेका छन्। महाशाखाले पनि ठूला र सहर आसपासका क्षेत्रका नदीमा डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गर्ने तयारी अघि बढाइरहेकाले स्तरीय बोलपत्र उपयोगी हुने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.