ट्विटर अब नयाँ वेब इन्टरफेस डिजाइनमा

ट्विटर अब नयाँ वेब इन्टरफेस डिजाइनमा

काठमाडौं : ट्विटर नयाँ रूपमा आएको छ। प्रयोगकर्ताले केही दिनदेखि ट्विटर एकाउन्टको डिजाइन परिवर्तन भएको अनुभव भएको होला। पुरानो डिजाइनमा रमाइरहेका प्रयोगकर्ताका लागि ट्विटरेको नयाँ डिजाइन अनौठो पनि लाग्न सक्छ। कतिलाई यो नयाँ इन्टरफेस रमाइलो पनि लागेको होला, कतिलाई पुरानो नै ठिक भन्ने लागेको होला।

तर यो नयाँ डिजाइनका लागि ट्विटरले भने लामो समय परीक्षण गरेको थियो। ट्विटरले करिब ६ महिनाको परीक्षणपछि नयाँ इन्टरफेस डिजाइन सबैका लागि उपलब्ध गराएको हो। सुरुमा केही देश र केही प्रयोगकर्तालाई मात्र उपलब्ध गराएको उक्त डिजाइनलाई अब सबैका लागि उपलब्ध गराएको हो। कम्पनीले नयाँ डेस्कटप इन्टरफेस भर्सन सबै प्रयोगकर्ताको लागि उपलब्ध गराएको छ।

झट्ट हेर्दा अनौठो लागे पनि नयाँ रिफ्रेस डिजाइनलाई यसअघिको भन्दा अझ सरलीकृत गर्न खोजिएको छ। यसको लेफ्ट साइडबारलाई नयाँ रूप दिइएको छ। सिधै मेसेज पठाउन परम्परागत लुक्स दिइएको छ। एकाउन्ट स्वीच गर्न सहज भएको छ।

दुईवटा डार्क मोड थिमहरूसहित अन्य नयाँ फिचर पनि छन्। नयाँ डिजाइनमा अक्षरहरू पनि ठूलो साइजमा देखिनेछन्। एडभान्स सर्चको सुविधा छ। मोमेन्टस, ट्विटर एनालाइसिस, एडलाई मोर भित्र राखिएको छ भने टप ट्रेन्डिङलाई डेस्कटपको दायाँ भागमा देखाइएको छ। बुकमार्क फिचरलाई पनि डेस्कटपको मुख्य नेभिगेसनमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.