‘नेपाल–भारत सम्बन्ध सुदृढ’

‘नेपाल–भारत सम्बन्ध सुदृढ’

काठमाडौं : नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुवै छिमेकको चासो बुझेर राष्ट्र हितमा केन्द्रित भई गहन सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । घनिष्ठ सम्बन्धमा उतारचढाव आउने भए पनि मित्रता पनि उत्तिकै रहने भन्दै उदाउँदा दुई छिमेकीबाट अधिकतम लाभ लिन सक्नुपर्ने उनले बताए । उनले भने, ‘नेपालले सबै क्षेत्रमा लाभ लिन सक्नुपर्छ । भारत मात्र होइन चीनसँग पनि उत्तिकै लाभ लिनुपर्छ । यसका लागि हामीले गृहकार्य गर्न आवश्यक छ।’

हरेक राष्ट्रका आ–आफ्नै चासो र विकास मोडल हुने भएकाले नेपाल त्यसमा सचेत रहनुपर्ने उनले बताए । उनले भारतसँग सदियौंदेखिको निकटताबाट नेपालले अधिकतम फाइदा अझै लिन नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । नेपाल–भारत खुला सीमामा सुरक्षालगायत विषयको चासोमा दुवै देश उत्तिकै सतर्क हुनुपर्ने उनको धारणा छ । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा गरेको नेपाल–भारत सम्बन्धका आयामबारे प्रवचनमा उनले यस्तो धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको समृद्धिका लागि भारतसँग सहकार्यमा जोड दिएर सरकार अघि बढेको बताए । ‘हामीले सुरक्षा र अन्य अवान्छित गतिविधिमा ध्यान दिएर सहकार्य अझै मजबुत र अन्तरक्रियात्मक बनाएका छौं’, उनले भने, ‘नेपाल–भारतबीच अन्तरसीमा अपराध र अवाञ्छित घटना रोक्न दुवै देशबाट भएका प्रयास सराहनीय छन् ।’ त्यस्ता गतिविधिले सहकार्य बिथोल्ने भएकाले सचेत रहेर अघि बढ्न आवश्यक भएको उनले बताए ।

‘हामी कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुँदैनौं । यसमा नेपाल सचेत छ । त्यस्ता गतिविधिका लागि कसैले पनि आफ्नो देशको भूभाग प्रयोग गर्न दिनु हुन्न’, ज्ञवालीले भने, ‘दुवैै देशको सम्बन्धका राम्रो पक्ष भनेको एकले अर्कोका संवेदनशीलता बुझ्ने नै हो । पछिल्लो समयको राजनीतिक भेटघाट र अन्तरक्रियाबाट यो प्रष्ट छ ।’

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुईपक्षीय सम्बन्धबारे पावर पोइन्ट प्रस्तुती गरेका थिए । उनले नेपाल–भारतको सम्बन्ध सुदृढ र निखारिएको बताए । उनले यो सानातिना विवाद र उतारचढावले हल्लिने सम्बन्ध नभएकाले विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले ९ महिनायता नेपालबाट भारततर्फ करिब ३२ प्रतिशत निर्यात वृद्धि भएको र अझै बढाउनुपर्ने बताए । नेपाल–भारत सहकार्य बढ्दै गएको उनले बताए ।

राजदूत पुरीले नेपालको विकासमा भारतले लामो समय देखि गर्दै आएको सहकार्य स्मरण गराउँदै रेल जयनगर–जनकपुर मात्र नभएर रक्सौल–काठमाडौंको परिकल्पना अघि बढिसकेको स्पष्ट पारे ।

नेपालका सबै ठाउँ हवाईमार्गले जोडिएको र अन्तर्राष्ट्रिय सञ्जालमा जोडिन पनि हवाईमार्ग नै उपयोगी हुने राजदूत पुरीले बताए । व्यापार, पारवहन, लगानी, पर्यटन, संस्कृति, शिक्षा, विकाससहितका क्षेत्रमा भारतीय सहकार्य अघि बढेको समेत उनले सुनाए । नेपालको समृद्धिमा भारत र त्यहाँका व्यापारी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.