‘बर्खामा सडक खोलो बन्छ’

‘बर्खामा सडक खोलो बन्छ’

गाडी लाइनमा लागेको आठ वर्ष भयो। पहिला म जुम्ला–कालीकोट रुटमा बस चलाउने गर्थें। उता अलि गाह्रो भएकाले अहिले काठमाडौँदेखि नेपालगञ्जसम्मको रुटमा चलाउने गर्छु। काठमाडौँबाट नेपालगञ्ज पुग्न १२-१३ घण्टा लाग्छ। जाम पर्‍यो भने यसै भन्न सकिन्न। 

घरायसी समस्याले पढ्न सकिएन। त्यतिबेला गाडी लाइनमा लाग्न सजिलो थियो। यही पेशामा लागियो। 

एक्लै चलाउन मुश्किल 

रातिको समयमा एक्लै गाडी चलाउन मुश्किल पर्छ। एक त बाटोको हालत खराब छ, जताजतै खाल्डाखुल्डी छन्। गाडी हाँक्दा जीउ दुख्छ।  त्यसमाथि, राति कुन बेला निन्द्रा लाग्छ, पत्तो हुँदैन। त्यसैले दुई जना चालक चाहिन्छ। जाम एकदमै हुन्छ। नयाँ बसपार्कबाट साँझ ५ बजे हिँडेको बस कलंकी चोक पुग्दा कहिलेकाहीँ ७ बज्छ। 

राति गाह्रो 

दिउँसो हेरी राति गाडी हाँक्न धेरै समस्या छ। दिउँसोको जस्तो मज्जाले चलाउन सकिँदैन । राति धेरैजसो निन्द्राकै डर हुन्छ। निन्द्रा भगाउन अनेक उपाय लगाउनुपर्छ। आँखा लाग्यो भने दुर्घटना हुने वा अर्को गाडीले आएर हान्दिने सम्भावना हुन्छ। राति एकदमै चनाखो भएर गाडी चलाउनुपर्छ। 

बाटै ढाक्छन् गाईबस्तुले 

बुटवल लागेपछि भालुबाङ भन्ने ठाँउसम्म छोडिएका गाईबस्तुले हैरान पार्छन्। बाटै ढाकेर गाईबस्तु बसेका हुन्छन्। हर्न बजाउँदा  पनि भाग्दैनन्। कहिलेकाहीँ त उनीहरूको ज्यान बचाउन खोज्दा दुर्घटना होला भन्ने डर हुन्छ। भालुबाङ कटेपछि अलि राहत हुन्छ। बरु सडकमा भएका खाल्डाखुल्डी छलाएर गाडी चलाउन  सजिलो हुन्छ, तर गाईबस्तु छलाएर गाडी चलाउन गाह्रो हुन्छ। 

बर्खामा अल्छी लाग्छ

बर्खामा गाडी चलाउन मन लाग्दैन। तर, काम नगरी सुख छैन। बर्खाको समयमा बाटो हो कि खोला, पत्तै हुन्न। पानीले गर्दा पहिरो गएर धेरै ठाउँमा बाटो बन्द हुन्छ। कहाँ गएर बाटोमा अड्किनुपर्ने हो, थाहा हुँदैन। मलाई त बर्खा नआए पनि हुन्थ्योजस्तो लाग्छ। पानी परेपछि काम गर्न जाँगर चल्दैन। 

धेरै ठाँउ घुमियो 

गाडी चलाउने क्रममा नेपालका धेरै ठाउँ घुमियो। पूर्वतिर त्यति गएको छैन। गाडी लाइनको सबैभन्दा रमाइलो पक्ष भनेकै घुम्न पाउनु हो। रिजर्भमा गाडी चलाउँदा प्यासेन्जरसँगै आफू पनि घुम्न पाइन्छ। विभिन्न ठाँउको रहनसहन बुझ्न पाइन्छ। 

जंगलमै बास बसियो 

छ वर्षअघि नालीमा गाडी फस्दा रातभरि जंगलमा बस्नु परेको थियो। महेन्द्रनगरमा गाडी चलाउँदाको कुरा हो यो। बाटो एकदमै चिप्लो थियो। गाडी कन्ट्रोल भएन। नालीमा फस्यो। जति प्रयास गर्दा पनि निकाल्न नसकेर जंगलमा गाडी कुरेर बसेँ। 

प्रस्तुतिः आशक्ति 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.