होटेलमा युवक मृत फेला
दाङ : दाङको तुलसीपुरमा रहेको एक होटेलमा एक युवक मृत फेला परेका छन्। मानसरोवर होटेलमा बाँकेको कोहलपुरका अन्दाजी २७ वर्षीय रमेश हमाल मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए। उनलाई होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको शाहीको भनाई छ।
हमाल एक युवतीसँगै केहि दिनदेखि होटेलमा बस्दै आएका थिए। उनीसँगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ। युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। उनीहरु बीचको नाता सम्बन्धको बारेमा अनुसन्धान भइरहेको प्रमुख शाहीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी शाहीले बताए।