मुस्ताङमा विपद व्यवस्थापनको डेमो

मुस्ताङमा विपद व्यवस्थापनको डेमो

मुस्ताङ : मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित हुम्दे पाखोमा  सुरक्षाकर्मीसहितको टोलीले विपद व्यवस्थापन सम्बन्धि डेमो प्रर्दशन गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा ३ वटै सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस, नागरिक समाज ,एनसीसीई तालिकका विद्यार्थी र पत्रकारले शुत्रबार विपद डेमो प्रर्दशन गरेका हुन् । 

वर्षायामको समयमा घट्नसक्ने कुनै पनि प्रकारका विपदलाई सहजरुपमा अवतरण गर्न सकियोस भन्ने उद्देश्यले डेमो अभ्यास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । गतवर्ष मुस्ताङको थासाङमा बाढी पहिरोले सास्ती दिएको स्मरण गर्दै जुनसुकै समय  यस्ता घटना भएमा सही ढंगले उद्धार, उपचार र राहतमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम भएको प्रजिअ क्षेत्रीले बताए।

घरपझोङको हुम्दे पाखोमा डेमो मञ्चन भएको हो । डेमोको रिहर्सल अनुसार बस्तीमा १५ घरधुरी थिए। अविरल वर्षाका कारण पहिरो जाँदा बस्तीका घरहरु पुरिए। मानवीय जोखिम निम्तिएको अवस्थामा सरोकारवाला निकायले कसरी यसको व्यवस्थापन गर्न सक्छन् भन्ने तथ्यलाई मार्मिकरुपमा देखाइयो।

डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपदका बेला स्थानीयसँग कसरी समन्वय गर्ने? भन्ने कुराको डेमो गरिएको थियो । त्यसैगरी

 घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, पीडितको पुर्नस्थापना कसरी गराउने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? , राहत सामाग्री कसरी बितरण गर्ने ? स्थानीय प्रशासनले कस्तो भूमिका खेल्ने र विपद्का बेला पत्रकारले सत्यतथ्य समाचार कसरी जनसमक्ष सम्प्रेषण गर्ने लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो। 

रिहर्सलपछि गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले सम्भावित विपद्लाई कसैले टार्न नसकिने उल्लेख गर्दै प्राकृतिक प्रकोपलाई सुझबुझपूर्ण तरिकाले समाधान गर्न पर्याप्त पूर्व तैयारी हुनुपर्ने बताए ।

 जिल्ला स्थित विपद व्यवस्थापन समितिको पहलमा भएको कार्यक्रममा अप्ठ्यारो र खोल्साखोल्सीमा परेका घाईतेलाई माउन्टेन रोपमा उद्दार गरिएको दृष्य र प्रभावित स्थानमा तालिमप्राप्त कुकुरले समेत शवहरु खोज्ने कार्यलाई समेत प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.