उपमहानगरपालिकाको कृषकलाई पावर टिलर

उपमहानगरपालिकाको कृषकलाई पावर टिलर

धनगढी : व्यवसायिक कृषकलाई धनगढी उपमहानगरपालिकाले पावर टिलर प्रदान गरेको छ। उपमहानगरको कृषि शाखाले नगरक्षेत्रका किसानहरुलाई अनुदानमा पावर टिलर प्रदान गरेको हो। उपमहानगरकी उप-प्रमुख सुशिला मिश्र भट्टले पावर टिलर हस्तान्तरण गरेकी हुन्। उपमहानगर भित्रका कृषक समूह, कृषि सहकारी संस्था, फर्म र व्यक्तिलाई ५० प्रतिशत अनुदानमा पावर टिलर प्रदान गराएको उप-प्रमुख सुशिला मिश्र भट्टले बताइन्।

'उपमहानगरमा कृषि प्रणालीलाई प्रविधियुक्त बनाउने नीति लिएको छ,' उपप्रमुख भट्टले भनिन्,' व्यवसायिक किसान, कृषक समूह, कृषि सहकारीलाई पावर टिलर अनुदानमा दिएको हो।' यस अघि पनि उपमहानगरले विभिन्न कृषक समूहलाई पम्पसेट, मोटर, बोरिङलगायत कृषि उपकरण ८० प्रतिशत र पूर्ण अनुदानमा प्रदान गराएको उप-प्रमुख भट्टले जानकारी दिइन्।

किसानलाई बिउ बिजनदेखि आवश्यक तालिम समेत उप-महानगरपालिकाले संचालन गर्दै आएको उप-प्रमुख भट्टले बताइन्। उप-महानगरका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले ३ वटा कृषक समूह, २ वटा कृषी सहकारी संस्था, ३ वटा फर्म र २ जना व्यावसायिक किसान गरी १० जनालाई पावर टिलर हस्तान्तरण गरेको बताए।

१ लाख ८५ हजार लागत मुल्य पर्ने पावर टिलरमा उप-महानगरपालिकाले ९२ हजार ५ सय अनुदान उपलब्ध गराएको पनि कृषि शाखा प्रमुख उपाध्यायले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.