इन्जिनियर घुससहित पक्राउ
काठमाडौं : रामनगर गाउँपालिका सर्लाहीका इन्जिनियर रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ परेका छन्।
उनले सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुसलिएका थिए।
घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका १० अशोका होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।