मृतक राम सिंहको दाहसंस्कारबाटै दुईजना पक्राउ

मृतक राम सिंहको दाहसंस्कारबाटै दुईजना पक्राउ

धनगढी : बिहीबार धनगढीमा भएको वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढीस्थित मोहनन आर्यघाटमा रामको दाहासंस्कार गरिएको हो । दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल पक्राउ परेका हुन् । सिता रामकी आफन्त हुन् । सिता र प्रकास दुबैजना विप्लव समुहका कार्यकर्ता भएको बुझिएको छ ।

उनीहरुलाई पक्राउ गरिएको बारेमा प्रहरीले भने कुनै प्रतिक्रिया जनाएको छैन । कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

बिहीबार धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिकै मृतक रामसिंहले भिरेको वम होटलमा नास्ता खाने क्रममा विस्फोट हुँदा ४ जना घाइते भएका थिए । विष्फोटको विप्लव माओवादीले जिम्मा लिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.