रोल्पामा ढुंगाको बगैचा ! (फोटो फिचर)

रोल्पामा ढुंगाको बगैचा ! (फोटो फिचर)

रोल्पा : सुन्दै अचम्म लाग्न सक्छ, ढुंगाको बगैचा! फुलै फूलको बगैचा, उद्यान र पार्क त सुन्नु भएकै होला। तर, रोल्पामा भने ढुंगाको बगैचा अर्थात् ‘रक उद्यान’ बनेको छ।

जिल्लाको सदरमुकाम लिबाङदेखि पूर्व सातदोबाटो अग्लो डाँडामा ढुंगाको बगैचा छ। रोल्पा नगरपालिका–३ खुमेल सातदोबाटो क्षेत्र आन्तरिक पर्यटन गन्तव्यको रुपमा विकास हुँदै आएको छ। हिउँ परेका बेला होस् या विभिन्न तीथि वा पर्वमा सातदोबाटोमा वन भोज खान र घुम्न जानेको लर्को लाग्ने गरेको छ। 

शनिबारका दिन सरदरमुकाम लिबाङबाट धेरै मानिस यहाँ घुम्न पुग्छन्। करिब तीन हजार दुई सय मिटर अग्लो यो भुभागबाट उत्तरमा अन्नपुर्ण, माछापुच्छ्रे, सिस्ने, जलजला, धौलागिरी हिमसृंखला देख्न सकिन्छ। सूर्य उडाएको र अस्ताएको दृश्यावलोकन गर्न सकिन्छ। 

जिल्लाका प्रायः भू-भाग देख्न सकिने यो क्षेत्रमा चैत्र वैशाखको चर्कोको गर्मीमा पनि शितल बतास चलिरहेको क्षण कम्ता लोभ लाग्दो हुँदैन्। ‘वर्षात्को समयमा हरेका पन्ध्र मिनेटको फरकमा यहाँको मौसम फेरिरहन्छ’,सोतदोबाटोका स्थानीय भन्छन्,‘छ्याङै आकास खुलेको हुन्छ केही बेरमै वाडलले छोप्छ। कतिखेर हावा चल्न थाल्छ त केही बेरमै पानी पर्छ।’

आन्तरिक र वाह्य पर्यटकका लागि पर्यटन गन्तव्यका रुपमा सातदोबाटोलाई विकास गर्ने रोल्पा नगरपालिकाले योजना बनाएको छ। नगरपालिका मेयर पुरण केसीले यस क्षेत्रमा नेपालकै अग्लो ‘भ्यू टावर’ निर्माण गर्ने योजना रहेको बताए।

‘व्यवस्थित पर्यटन क्षेत्रको रुपमा विकास गर्न गुरु योजना निर्माणको काम भइरहेको छ’,मेयर केसी भन्छन्,‘अहिले ढुंगैढुंगा भएको भूगोललाई नगर वन उद्यान निर्माणको रुपमा विकास गर्न खोजिएको हो।’ ढुंगाको उद्यान क्षेत्रमा विभिन्न आकृटिका ढुंगा छन्। मानिस यहाँ पुग्दा तिनै ढुंगाको वरीपरि फोटो खिचाउँदै रमाउने गर्छन्।

नगर प्रमुख केसी अनुसार उद्यानभित्र रुखका बोट आकृतिको नयाँ संरचना बनाइएको छ। रुखको फेद झै‌ं देखिने सोफा बनाइएको छन्। ढुंगासँगै तर्साएर बनाइएको सोफामा पर्यटक बसेर फोटो खिच्दै रमाउँछन्। रुखको फेड आकारका संरचनाको निर्माण स्थानीय दिलबहादुर घर्तीले गरेका हुन्।  

भर्खरै बितेको आर्थिक वर्षको अन्त्यतिर यहाँ उद्यान बनाइएको हो। उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले ९ लाख ५० हजार र रोल्पा नगरपालिकाले ३ लाख ५० हजार खर्चिएका हुन्।  तीन लाख ९१ हजार २ सय ८४ रुपैयाँको जनसहभागिता रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गणपति केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.