विप्लवलाई एक रुपैयाँ पनि नदिनू : सञ्चारमन्त्री

विप्लवलाई एक रुपैयाँ पनि नदिनू : सञ्चारमन्त्री

काभ्रे : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहका नाममा चन्दा नदिन व्यापारीहरूलाई आग्रह गरेका छन्। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले विप्लव समूहलाई चन्दा दिए सरकारले मात्र उद्योगी व्यापारीलाई सुरक्षा दिन नसक्ने बताए।

'उनीहरूले व्यवसायीसँग चन्दा मागेका छन्। तपाईँहरूले दिएको चन्दाबाट उनीहरूले हतियार किनेर  तपाईँहरूलाई नै तेर्स्याउने हुन्', मन्त्री बाँस्कोटाले भने, 'विप्लव समूहलाई एक रुपैयाँ नदिनू।'

विप्लव समूहको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरूको समेत भएको उनको भनाई छ। ‘विप्लव समूहले धम्की दिए सडकमा जानुस्', मन्त्री बाँस्कोटाले भने, 'सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफैं दिने अनि धम्की नआए के आउँछ त ?’

कर वृद्धि लगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला उनले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताए। उनले व्यवसायीलाई आन्दोलन घोषणा नगर्न सुझाव दिए।

‘उद्योग वाणिज्य महासंघलाई मेरो अनुरोध छ- हतार हतार आन्दोलन नगरिहाल्नुस्, मसाल नबालिहाल्नुस्, सरकार एक्लै हिँड्न सक्दैन’, उनले भने।

सरकार पुरानो प्रणालीबाट नयाँमा जान चाहेकाले अहिले सरकारका काममा अलमलजस्तो देखिएको उनले दाबी गरे।

'पत्रकारचाहिँ श्री ५ हो र ?'

पत्रकार 'श्री ५ नभएको' टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले पत्रकारलाई पनि कानुन लाग्ने बताए।

'पत्रकारलाई कानुन नै नलाग्ने व्यवस्था कहीँ पनि छैन', पत्रकारले मिडिया विधेयकको विरोध गरेको विषयमा टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले भने, 'पत्रकारचाहिँ श्री ५ हो र ?'

आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कुरा बुझेपछि पत्रकार महासंघले आन्दोलन फिर्ता फिर्ता लिएको बताए।

'म पनि त्यहीँ (पत्रकारिता) बाट आएको हुँ’, मन्त्री बाँस्कोटाले भने, ‘मिडिया विधेयकविरुद्ध लालटिन जुलुस गरे। अहिले कुरा बुझेर आन्दोलन फिर्ता लिए।'

महासंघले नेकपाको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धतापछि आन्दोलन स्थगित गरेको थियो।

सरकारले भारतबाट आयात गर्ने तरकारीमा विषादी चेकजाँचबारे तयारी नपुगेको स्वीकारे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.