पर्वतका झलकको शव स्याङ्जा आँधीखोलामा भेटियो
स्याङ्जा : पर्वतका एक युवाको शव आँधीखोलामा भेटिएको छ। आधीखोला गाउँपालिका-४ सेपत स्थित आधीखोला किनारमा ४० वर्षीय झलक पौडेल मृत भेटिएका छन्।
यसरी भेटिनेमा पर्वत फलेबाँस नगरपालिका १ का पौडेल रहेको प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए।
शनिबार साँझ आँधिखोलाले बगाइ ल्याएको अवस्थामा पौडेलको शव फेला हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान एवं प्रक्रिया सुरु गरिसकिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !