७ वर्षपछि बन्यो लुप्रा–पान्डा खोलामा पुल

७ वर्षपछि बन्यो लुप्रा–पान्डा खोलामा पुल

मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १  लुप्रा–पान्डा खोलामा निर्माणाधीन पक्की पुल ७ वर्षपछि सम्पन्न भएको छ। पुल बनेपछि बिहीबारदेखि सवारीसाधन सञ्चालन भएको छ।

विगत १ वर्षदेखि पुलमा कुनै काम भएको थिएन। पुलको काम १० प्रतिशत सक्न बाँकी थियो। पुलमा माटो फिलिङ, इन्सपाइसन जोइन, एप्रोज सडक र एप्रोज स्लाब लगायतका काम थाँती नै थिए।

करिडोर सडक र मुस्ताङका जनप्रतिनिधिको दवावपछि निर्माण कम्पनीले पुलप्रति चाँसो देखाएको हो।

लुप्रा–पान्डा खोलामा पुल नहुँदा बर्खायामको समयमा मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङ जाने सवारी तथा यात्रुलाई सास्ती हुने गरेको थियो।

पुलमा दोहोर आवतजावत सहज भएपछि मुक्तिक्षेत्र जाने सवारीलाई सजिलो भएको छ। राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत मुस्ताङमा करिडोरले १ दर्जन बढी पुलको काम थालेको छ।

लुप्रा–पान्डा खोला पुल काम थालेको ७ वर्ष बिते पनि यो मुस्ताङमै पहिलो पक्की पुल सम्पन्न भएको जनाइएको छ। बारागुङकै अर्को उपल्लो मुस्ताङ जोड्ने छुसाङ पक्की पुल पनि अन्तिम चरणमा छ।

भारतीय नाकाबन्दी र हिउँदयाममा काम गर्न अप्ठ्यारो हुने भएकाले पनि समय लम्बिएको कम्पनीका प्रतिनिधि सुदिप कार्कीले बताए। पुलको औसत लम्बाई ५० मिटर र चौडाई ७ मिटरको छ। यस्तै लुप्रा–पान्डा खोला बग्ने क्षेत्रको लम्बाई फराकिलो भएकाले थप २ वटा ढलान कल्र्बट र ग्याबिनले घेरेर थप १ सय ९० मिटर माटो फिलिङ गरिएको कार्कीले बताए।

ढिलै भए पनि पुल निर्माण भएपछि मुक्तिनाथ र उपल्लो मुस्ताङको यात्रा सहज भएको छ। विगतमा पुल नहुँदा यातुङ मेलामा जाने स्थानीय र मुक्तिनाथ जाने तिर्थालुले चर्को शुल्क तिरेर ट्याक्टरमार्फत खोलो वारपार गर्नुपर्ने बाध्यता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.