आजको मौसम: कहाँ हुँदैछ भारी वर्षा ?
काठमाडौं : जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको संभावना रहेको जलवायु तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। मनसुन चापीय रेखा नेपालको दक्षिणतिर रहेपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको संभावना रहने शाखाको अनुमान छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। आज देशको पूर्वी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। त्यस्तै पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको संभाव रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।
त्यस्तै सोमबार पनि देशका केही स्थानमा भारी वर्षाको संभावना रहेको छ। पूर्व तथा मध्यका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको शाखाले जनाएको छ। मंगलबार पनि पूर्व र मध्यका एक दुई स्थानमा भारी तथा अति भारी वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान शाखाले बताएको छ।