बाढीपीडित ४८ परिवारलाई रेडक्रसको राहत

बाढीपीडित ४८ परिवारलाई रेडक्रसको राहत

सिन्धुली : नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाले जिल्लाका बाढीपहिरो प्रभावित ४८ परिवारलाई राहत सामग्री वितरण गरेको छ।

जिल्ला विपत व्यवस्थापन समितिसँगको समन्वयमा दुधौली नगरपालिका ४ र ५ वडाका बाढी पीडितहरूका लागि भाडाँकुडा, त्रिपाल, लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरेको हो।

बाढी र पहिरोको क्षतिको संयुक्त अवलोकन गर्न दुधौली पुगेका संघीय र प्रदेश सांसदहरू, जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा कमलानदीमा आएको बाढीबाट पूर्णरुपमा घर क्षति भएका १५ र आंशिक क्षति भएका ३३ परिवार गरी ४८ परिवारका लागि गैरखाद्य राहतसामग्री वितरण गरिएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘एक घरका पाँचजनासम्मको परिवारका लागि पुग्ने गरी रेडक्रसले यस अघिका विपत्तिमा जस्तै ८ हजार मुल्य बराबरको त्रिपाल सहितका सामग्रीको प्याकेज वितरण गरेका छौं।’

श्रेष्ठका अनुसार जिल्लाका अन्य पीडितहरूलाई पनि राहत सामग्री वितरण गरिने छ। एकसाता अघि आएको बाढी र पहिरोका कारण दुधौलीमा मात्र ३० बढी घर विस्थापित भएका थिए। विस्थापितहरू दुधौली नगरपालिका ४ डकाहस्थित सरस्वती क्याम्पस हातामा आश्रय लिएर बसेका छन्। घर कमलानदीमा आएको बाढीले क्षति भएपछि घर फर्कन सकेका छैनन्।

बाढी र पहिरोका कारण दुधौलीमा मात्र ५ जनाको मृत्यु भएको छ भने अझै ३ जना बेपत्ता छन्। जिल्लामा २२० घर परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक छ। जिल्लाका मुख्य राजमार्ग वीपी, मध्यपहाडी, मदन भण्डारी लोकमार्ग सहित दर्जनौं सडक तथा पुलहरूमा क्षति पुगेको छ भने करोडौं मुल्यका कृषि बालीमा क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.