गुठीको सम्पत्ति कति छ ?
काठमाडौं : गुठीको विवरण माग्दै सम्पदा अभियन्ताको टोली गुठी संस्थानको कार्यालय पुगेको छ । राष्ट्रिय पहिचान संरक्षण सयुक्त संघर्ष समितिको अगुवाइमा गएको टोलीले गुठीको जग्गा, जमिन र सम्पत्तिको सूचना मागेको हो ।
समितिका संयोजक गणपतिलाल श्रेष्ठले गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र प्रशासक नारायण चौधरी ज्ञापनपत्र बुझाउँदै विवरण माग गरेका हुन् । जुलुससहित पुगेको टोलीले २०२९ सालमा गुठी संस्थानको नाममा रहेका जग्गाको कित्ता नम्बर, क्षेत्रफल र कुल संख्यादेखि आजसम्म विवरण माग गरेको हो ।
गुठीका प्रशासन नारायण चौधरीले विवरण संकलनको काम भइरहेको बताउँदै छिटै विवरण उपलब्ध गराउने आश्वासन दिए । राज गुठी, निजी गुठी र छुट गुठीको सम्पूर्ण विवरण माग गरेको हो । संस्थानका अनुसार ६९ जिल्लामा गुठीको सम्पत्ति छ ।