प्रदेश १ मा पूर्वएमालेलाई ९ र पूर्वमाओवादीलाई ५ जिल्ला
अन्नपूर्ण प्रदेश १ ब्यूरो
विराटनगर : सत्तारुढ नेकपाले १४ जिल्ला रहेको प्रदेश १ मा पूर्वएमालेबाट ९ र पूर्वमाओवादी केन्द्रबाट ५ जना जिल्ला इञ्चार्ज समेटिने गरी भागबन्डा मिलाएको छ। एक महानगरपालिकामा पूर्वमाओवादीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। नेकपाले आइतबार टुंगो लगाएको भागबन्डामा प्रदेश १ मा पूर्वएमालेको वर्चश्व देखिएको हो।
नेकपाको भागबन्डाअनुसार ताप्लेजुङमा पूर्वएमालेबाट भाष्कर काफ्लेलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। यो जिल्लामा सह–इचार्जको टुंगो लागेको छैन।
यस्तै, पहाडी जिल्ला पाँचथरमा भने प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्रबहादुर आङ्बोलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।
सह–इञ्चार्ज भने पूर्वएमालेबाट अइन्द्रसुन्दर नेम्वाङ र डम्बरसिंह सम्बाहाम्फेलाई दिइएको छ। इलाममा भने पूर्वमाओवादीका धीरेन्द्र शर्मालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ भने सहइञ्चार्ज तोक्न बाँकी छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पूर्वएमालेका रविन कोइरालालाई इञ्चार्जको जिम्मेवारी दिइको छ। झापामा तीन जना सहइञ्चार्ज तोकिएको छ। जसमा पूर्वएमालेबाट देवेन्द्र दाहाल, र हरिबहादुर राजवंशी छन् भने पूर्वमाओवादीबाट धर्मशीला चापागाईंलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।
मोरङमा पूर्वएमालेबाट धनेन्द्र बस्नेतले इञ्चार्ज र पूर्वमाओवादीबाट गोपीबहादु सार्की अछामी र पूर्वएमालेबाट देउमान सम्बाहाम्फे र महेश रेग्मीलाई सहइञ्चार्जको जिम्मेवारी दिने नेकपा सचिवालयले टुंगो लगाएको छ।
यस्तै, जिल्ला सरहको विराटनगर महानगरपालिकामा पूर्वमाओवादीका शिवकुमार मण्डललाई इञ्चार्ज बनाइएको छ।
सुनसरीमा पूर्वएमालेबाट धर्मराज निरौलालाई इञ्चार्ज, पूर्वमाओवादीका एकचन्द्र बराल, रामकुमारी चौधरी पूर्वएमालेबाट जगदीश कुशियत, तैयव हुसेन मिया, मोहमद महफुज अन्सारीलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।
उदयपुरमा पूर्वएमालेका बलदेव चौधरी इञ्चार्ज र पूर्वएमाले कै मञ्जु कुमारी चौधरी सहइञ्चार्ज बनाइएको छ। खोटाङमा पूर्वमाओवादीका दुर्गा जयन्ती राई इञ्चार्ज, पूर्व एमालेका राजन राई, पूर्वमाओवादीबाट रामकुमार राई र समिता कार्कीलाई सहइञ्चार्ज बनाइएको छ।
सोलुखुम्बुमा इञ्चार्ज र सहइञ्चार्ज नै पूर्वमाओवादीले पाएको छ। इञ्चार्जमा शिवबहादुर बस्नेत र सहइन्चार्जमा हेमकुमार राई रहेका छन्।
संखुवासभामा इञ्चार्ज पूर्व एमालेलाई दिइएको छ भने सहइञ्चार्ज पूर्वमाओवादीलाई दिइएको छ। इञ्चार्जमा राजेन्द्रकुमार राई र सह–इन्चार्ज राजेन्द्र कार्की छन्।
तेह्रथुममा पूर्वएमालेकी जयन्ती राईलाई इञ्चार्ज बनाइएको छ। सहइञ्चार्ज भने पूर्वएमालेबाट विजय सुब्बा र पूर्वमाओवादीबाट दुर्गाप्रसाद चापागाईँ छन्।
भोजपुरमा पूर्वमाओवादीका सुदन राई किराती र पूर्वएमालेका हरिबहादुर राईलाई सहइञ्चार्ज बनाइएको छ। ओखलढुंगामा पूर्वएमालेका यज्ञराज सुनवारलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। यहाँ सहइञ्चार्ज तोक्न बाँकी छ। धनकुटामा माओवादीका हेमराज भण्डारीले इञ्चार्ज पाए भने सहइञ्चार्ज तोक्न बाँकी छ।
हेर्नुस् कुन जिल्लामा कसरी मिल्यो भागबन्डा ?