बाढीपीडितलाई बासको चिन्ता

बाढीपीडितलाई बासको चिन्ता

गौर : वर्षाका कारण भत्किएको घरमा च्यापिएर पनि बाँचेका रौतहटको इशनाथ नगरपालिका बन्जाराहाटोलका रामनारायण साहको परिवार छिमेकीको घरको बरन्डामा बसिरहेको छ। असार २८ गते राति पानि परिरहेको थियो।

साहको परिवार मस्त निन्द्रामा थिए। राति करिब एकबजे घर भत्कियो उनको परिवार पुरियो। तीन छोरा र एक छोरी सहित श्रीमती लालवतिदेवी जसोतसो निस्कीए। छिमेकमा हल्ला गरे। करिब एकघण्टा पछि साहलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरे। उनको ढाड र खुट्टामा चोट छ। घरमा भएका सबै समान पुरियो। अन्तपात बर्षा र डुवानले नष्ट भए। लता कपडा पुरियो।

उनीसँग त्रिपाल समेत छैन्। नगरपालिकाले खाद्यान्नको व्यवस्था गरेको छ। एक गैरसरकारी संस्थाले सरसफाइका सामग्री दिएको छ। तर उनलाई घर कसरी बनाउने भन्ने चिन्ता सुरु भएको छ। घाइते साह दम्पती भत्किएको घरले पुरेका सामान खोज्न थालेका छन्। इँटा पर्खाल लगाएको घर वर्षाले भत्काएपछि उनको परिवार बिचल्लीमा छ।

बन्जराहा टोलमा उनको मात्रै घर भत्किएको छैन। करिव सात सय घर रहेको उक्त टोलका दुईसय घर पूर्णरुपमा क्षति भएको छ। घर भत्किएपछि उनीहरु छिमेकीको घरमा तथा ढलान गरेको बाटोमा रात बिताउँदै आएका छन्।

राति बाटोमा सुत्दा सर्प र लामखुट्टेको त्रास छ। जताजतै पानी पानी छ। आइतवार सम्ममा बस्तीमा पानी घट्दै गएको छ। पूर्णरुपमा घर भत्किएकाहरु राहत लिएर आउँछन की भन्दै बाटो हेरिरहेका छन्। बस्तीकी अनारकदी देवीको पीडा पनि उस्तै छ घर बाढीले भत्किएको छ। भएका सरसामान डुबेका छन्। घरका सामान निकाल्न पाएका छैनन्। छिमेकीको आगनमा रात कटिरहेको छ। रामु महराको झुपडी भत्किएको छ। भत्किएका घरका झुपडीका काठपात पानीमा तैरिरहेका छन्। उनी नजिकैको ढलान गरिरहेको बाटोमा बस्छन्।

बस्तीमा पानी घट्दै गएपछि मानिसहरु घर सफा गरेर बस्न थालेका छन्। भिजेका लत्ताकपडा र अन्नपात बाहिर निकालेर सुकाउन थालेका छन्। इशनाथ नपाको बन्जाराहा, औरया, मठिया टोलहरुमा बढी क्षति पुगेको छ। दुईहजार भन्दा बढी घरमा क्षति पुगेको र करिब १२ सय घरमा पूर्ण रुपमा क्षति भएको मेयर सन्तोष मेहत्ताले जानकारी दिए। पूर्व तथा उत्तरमा लालबकैयाको बाँध, दक्षिणमा भारतले सिमाना नजिकै लगाएको बाँधका कारण बन्जराहा गाउँ बर्सेनि डुवानमा पर्दै आएको छ। भारतले लगाएको बाँधमा पानीको निकास राख्नुपर्ने , बाढी पीडितलाइ तत्काल बस्ने घरको व्यवस्था गर्नुपर्ने लगायतका माग स्थानीयको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.