हिन्दु महिलालाई देशद्रोह मुद्दा रोक्न आदेश

हिन्दु महिलालाई देशद्रोह मुद्दा रोक्न आदेश

ढाका : बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले एक हिन्दु महिलामाथि देशद्रोहको मुद्दा स्थगित गर्न आदेश दिएकी छन्। ती महिलाले वासिङटनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा बंगलादेशमा अल्पसंख्यक समुदायलाई निशाना बनाइने गरेको बताएकी थिइन्।

बंगलादेश हिन्दु बौद्ध ईसाई एकता परिषद् (एचबीसीयूसी)की संगठन सचिव प्रिया शाह जुलाई १९ मा ह्वाइट हाउसमा आयोजित बैठकमा सहभागी भएका बेला यस्तो बताएकी थिइन्। ट्रम्पसँग उनको बैठकको भिडियो सार्वजनिक सञ्चारमाध्यममा चर्चामा आएको छ। उक्त भिडियोमा उनले बंगलादेशका बारेमा छलफल गरेकी थिइन्। बंगलादेशस्थित अमेरिकी राजदूतावासले पाँच बंगलादेशी र दुई रोहिंज्या शरणार्थीसँगै उनलाई ह्वाइट हाउसमा पठाएको थियो।

उक्त भिडियोमा शाहले आफ्नो परिचय बंगलादेशी नागरिक भएको बताउँछिन्। यसै क्रममा उनले बंगलादेशमा अल्पसंख्यक समुदायका ३ करोड ७० लाख व्यक्तिलाई बेपत्ता बनाएको राष्ट्रपति ट्रम्पलाई बताएकी थिइन्। बंगलादेशका यातायातमन्त्री एवं सत्तारूढ अवामी लीगका महासचिव ओबैदुल कादिरले शनिवार शाहको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले शाहको टिप्पणी गलत र देशद्रोही भएको बताएका थिए।

उनीविरुद्ध देशद्रोहको मुद्दा चलाउन कादिरले आदेश दिएका थिए। प्रधानमन्त्री हसीनाले शाहका विरुद्ध मुद्दा चलाउन अनुमति नदिएको उनैले आइतवार स्पष्ट पारेका छन्। कादिरले भने, ‘प्रधानमन्त्री हसीनाले शनिवार राति बेलायतबाट सन्देश पठाउनुभएको छ। कानुनी कारबाही गर्न हतार नभएको उहाँको भनाइ छ।’ हाल हसीना बेलायत भ्रमणमा छिन्। यद्यपि भिडियोका बारेमा शाहले स्पष्ट पार्नुपर्ने बताएका छन्। दुईजना वकीलले शाहविरुद्ध व्यक्तिगत रूपमा ढाकास्थित मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता गरेका छन्। शाहले झूटो आरोप लगाएर बंगलादेशको छविमा आँच पुर्‍याउन खोजेको ती वकीलको आरोप छ। प्रधानमन्त्री हसीनाको आग्रहपछि शाहलाई देशद्रोहको मुद्दा चलाउन नमिल्ने स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.