निर्माणाधीन मूर्तिको छतले किचेर दुईको मृत्यु
फिदिम : पाँचथरको हिलिहाङ गाउँपालिका- ७ भारपाको टारीमा निर्माणाधीन मूर्तिको पर्खाल भत्किँदा दुईजना मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय रुद्र राई र जगत राई रहेको स्थानीय सन्देश तिम्सिनाले जानकारी दिएका छन्।यलम्बरको मूर्तिमा निर्माणाधिन छत भत्किएर दुवैजनाको मृत्यु भएको स्थानीय सन्देश तिम्सिनाले जानकारी दिए। छतले किचिएका दुवैजनाको घटनास्थलमै ज्यान गएको हो।