मानुषी जब अस्मिता थिइन्..

मानुषी जब अस्मिता थिइन्..

काठमाडौं : मानुषीलाई सुरभी देवानले कलेजदेखि नै चिन्थिन्। कलेजमा अस्मिताको रुपमा चिनिँदै आएकी केटी भूमिगत नेता बाबुराम भट्टराई की छोरी मानुषी हो भन्ने कुरा उनलाई शान्तिप्रक्रियापछि मात्र थाहा भयो। नेकपा माओवादीको भूमिगत मानुषी र कलेजमा रहेकी सामान्य विद्यार्थी अस्मिताको दोहोरो भूमिका देखेर यस विषयमा उनलाई फिल्म बनाउने रहर जाग्यो। 

अमेरिकाबाट 'फिल्म मेकिङ कोर्स' सकेर नेपाल आएकी देवानले २०६७ सालमा 'डटर अफ नेपाल' नामक डकुमेन्ट्री फिल्म बनाइन्। उनले यसमा वार्तालाप शैलीको प्रयोग गरेकी छिन्।  

डकुमेन्ट्रीमा सुरभीको दृष्टिकोणबाट आफ्नो जीवन कथालाई प्रस्तुत गरिएको बताउँछिन् मानुषी। उनी भन्छिन्, ' यो डकुमेन्ट्रीमा बढी मात्रामा मेरो जीवनको केही समयलाई जोड दिइएको भए पनि सुरभीको आफ्नै जीवनयात्रा पनि समावेश गरिएको छ।' डकुमेन्ट्रीको प्रोड्युसर र डाइरेक्टर सुरभी देवान हुन्। 

उनीहरुको प्रश्नोत्तरात्मक वार्तालापमा नै नेपालको तात्कालीन परिवेश लगायतका कुराहरु डकुमेन्ट्रीमा प्रस्तुत गरिएको मानुषीले जानकारी दिइन्।

मानुषी यमी भट्टराई र सुरभी देवानको जीवनकथामा आधारित डकुमेन्ट्री 'डटर अफ नेपाल' आजदेखि काठमाडौंका विभिन्न स्थानमा निशुल्क प्रदर्शन हुँदैछ। विदेशमा यसअघि नै प्रदर्शन गरिएको भएपनि नेपालमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो।


 
साउन ६ गते सोमबार नेपाल ल कलेजमा दिउँसो २ बजे, साउन ७ गते मण्डला थिएटर अनामनगरमा दिउँसो ४ बजे, प्रदर्शन हुँदैछ। त्यसैगरी साउन ८ गते मार्टिन चौतारी थापाथलीमा दिउँसो ३ बजे र साउन ९ गते सारंगी रेस्टुरेन्ट ठमेलमा बेलुकी ७:३० मा प्रदर्शन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.