ट्रकसँग मोटरसाइकल ठोकिदा एकको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोकिदा एकको मृत्यु

काभ्रे : पाँचखाल नगरपालिका- ४ हेलम्बु राजमार्गमा ट्रक र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ। मण्डनदेउपुरबाट पाँचखालतर्फ आउँदै गरेको बा ३ ख ९९९२ नम्बरको निसान मिनि ट्रकसँग मण्डनदेउपुरतर्फ जाँदै गरेको बा ४६ प १५३६ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

 ट्रकसँग मोटरसाइकल ठोकिदा पाँचखाल नगरपालिका ४ बस्ने संजीव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जयराज सापकोटाले बताए।  मोटरसाइकलमा ३ जना सवार रहेको र चालक श्रेष्ठको धुलिखेल अस्पताल उपचारको क्रममै बिहान ११ बजे मृत्यु भएको सापकोटाले जानकारी दिए।

घाइते मण्डनदेउपुर नगरपालिका ११ सदिप थापा र पाँचखाल ४ अभिषेक खनालको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाको विषयमा पाँचखाल चौकीबाट प्रहरी खटाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.