के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

काठमाडौं : साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन्। शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन्। साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ। 

तर, के साँच्चिकै हरियो रङ  भगवान शिवलाई मन पर्छ त ? यसबारेमा विभिन्‍न विश्‍वास र तर्क छन्। एकथरीले शिवलाई हरियो रङ मनपर्छ भने विश्‍‍वास गर्छन् भने संस्कृतिमा चासो राख्‍नेहरु  शिवको रोजाइको रङ हरियो नभएको तर्क गर्छन्। कुनै पनि शास्‍त्रमा शिवलाई हरियो रङ मन पर्ने उल्लेख नभएको उनीहरुको दाबी छ। 

साउनमा हरियो रङ प्रकृतिसँग मेल खाने भएकाले हरियो पहिरन लगाउनु  स्वभाविक भएको आम विश्‍वास छ। हरियो रङ स्वास्थ्यका लागि लाभदायक मानिन्छ।हरियो रङले आँखालाई फाइदा हुनेगर्छ।

शिवको पूजा गर्दा हरियो धतुरो, रुद्राक्ष र हरिया फूलहरु चढाउने चलन छ। हरियो पहिरनमा सजिएर सोमबार बिहानै पशुपति पुगेकी कंचन कार्की भन्छिन्, 'चलिआएको चलन हो। महादेव शिवलाई मन पर्छ भन्‍ने विश्‍वासमै हरियो पहिरन लगाइन्छ। साउनमा हरियो लगाउँदा बेग्लै आनन्द हुन्छ।'

के भन्छन् संस्कृतिविद् ?

संस्कृतिविद् गोविन्द टण्डनले हरियो रङ र शिवको खासै सम्बन्ध नभएको बताउँछन्। टण्डन् भन्छन्, 'शिवलाई हरियो रङ मन पर्छ वा हरियो रङ 'शिव रङ' हो भनेर कुनै धर्मशास्‍त्रमा लेखिएको छैन।'

टण्डनका अनुसार शिवको आराधना गर्दा धतुरो, रुद्राक्ष र हरियो कलरका फूलहरु चढाइने गरिन्छ।त्यही भएर शिवलाई हरियो रङ मन पर्छ भन्ने विश्वासका साथ हरियो रङप्रति महिलाहरु आकर्षित भएका हुन्। उनी भन्छन्, 'अहिले त हरियो रङ फेसनजस्तै भइसक्यो।'

'भगवानलाई सप्तरङ वा सातै रङ मनपर्छ,'उनले भने,' खासमा शिवलाई सेतो रङको पिताम्बर चढाइने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.